अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ श्रावण २६ गते सोमबार


१० अगस्ट, २०२०
काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार गर्दै आन्तरिक तथा बाह्य हवाई उडान आगामी अगस्ट ३१ अर्थात् भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ बाट आन्तरिक तथा बाह्य हवाई उडान सूचारु गर्ने निर्णय गरेको भएपनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज थप १५ दिन हवाई सेवा बन्द गर्ने निर्णय यथावत् राख्ने निर्णय गरेको हो ।

नेपाल सरकार मन्त्री परिषद्को आज बसेको बैठकले आगामी भदौ १५ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्णय गरेको सरकारा प्रवक्ताले जानकारी दिएका छन् । भदौ १५ पछि पनि परिस्थिति हेरेर हवाई सेवा सूचारु गर्न सकिने बताइएको छ । गएको चैत्र ५ गतेदेखि देशव्यापी रुपमा लकडाउन घोषणा गरेसँगै ११ गतेदेखि देश तथा विदेशबाट हुने नियमित यात्रुबाहक उडान बन्द भएको छ भने अहिले चार्डर फ्लाईट (उद्दार उडान) मात्रै भै रहेको छ ।

पछिल्ला दिनहरुमा सरकारले सूची बनाएर निश्चित देशबाट चार्डर उडानमार्फत् नेपाली यात्रुहरुलाई नेपाल ल्याइरहेको छ भने चार्टर उडान मार्फत् नेपालबाट हुने बाह्य उडानपनि भै रहेको छ । तर नियमित रुपमा यात्रुबाहक उडान हुन भने अझैपनि कुर्नुपर्ने भएको छ ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले विमान सूचारु गर्ने यसअघिको निर्णमा पुर्नविचार गरेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री

२०७७ श्रावण १९ गते सोमबार

०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

Top