Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०
काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि फेरि सबारी साधनमा जोर विजोर लागू गरिएको छ । आजदेखि लागूहुने गरी सरकारले काठमाडौं उपत्यकालगायत देशभर सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।

जस अनुसार जोरबार सवारी साधनको नम्बर प्लेटको अन्यमा जोर नम्बर भएकाहरुले मात्रै सवारी चलाउन पाउने छन् भने विजोर बार विजोर नम्बर भएकाहरुले । सरकारले लकडाउन खुकुलो पारेलगत्तै देशव्यापी रुपमा सवारी साधन तथा मानिसहरुको चहलपहल ह्वात्तै बढेपछि कोरोना भाइरसको जोखिम पनि बढेको छ । जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आज मात्रै ६ जनाले ज्यान गुमाएका छन् ।
अत्यावश्यक सेवाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने गृहमन्त्रालयले जनाएको छ । २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा यो नियम अनिवार्य रुपमा लागू गर्न गृहमन्त्रालयले मातहतका निकाय र प्रहरीहरुमा सर्कुलर जारी गरेको छ । यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न समेत प्रतिबन्ध लगाईएको गृहमन्त्रालयले जनाएको छ । आजमात्रै देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...
यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !
२०७७ जेठ २६ गते सोमबार
– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...
एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं
२०७७ जेठ १९ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...
Top