Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०
काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि फेरि सबारी साधनमा जोर विजोर लागू गरिएको छ । आजदेखि लागूहुने गरी सरकारले काठमाडौं उपत्यकालगायत देशभर सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।

जस अनुसार जोरबार सवारी साधनको नम्बर प्लेटको अन्यमा जोर नम्बर भएकाहरुले मात्रै सवारी चलाउन पाउने छन् भने विजोर बार विजोर नम्बर भएकाहरुले । सरकारले लकडाउन खुकुलो पारेलगत्तै देशव्यापी रुपमा सवारी साधन तथा मानिसहरुको चहलपहल ह्वात्तै बढेपछि कोरोना भाइरसको जोखिम पनि बढेको छ । जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आज मात्रै ६ जनाले ज्यान गुमाएका छन् ।
अत्यावश्यक सेवाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने गृहमन्त्रालयले जनाएको छ । २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा यो नियम अनिवार्य रुपमा लागू गर्न गृहमन्त्रालयले मातहतका निकाय र प्रहरीहरुमा सर्कुलर जारी गरेको छ । यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न समेत प्रतिबन्ध लगाईएको गृहमन्त्रालयले जनाएको छ । आजमात्रै देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...
अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा
२०७६ असार १६ गते सोमबार
०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
Top