Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ९ जनासहित देशभर १ सय ५० जना थप कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै उपत्यकाभित्र पर्ने ललितपुरमा पनि एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकाभित्र ५ हजार जनामा गरिएको परीक्षणका क्रममा समुदायमा कसैमा पनि कोरोना फैलिएको नदेखिएको जनाएको छ ।

मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९३ पुगेको छ । यस्तै १२ हजार ४ सय ७७ जना उपचारपछि भाइरस मुक्त भएर घर फर्केका छन् । यस्तै कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ४० जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर निम्न जिल्लामा निम्न संख्यामा संक्रमितहरु भेटिएका छन् ।
मकवानपुरमा ५ जना
काभ्रेपलाञ्चोकमा १ जना
रामेछापमा २ जना
झापामा २ जना
महोत्तरीमा १३ जना
पर्सामा २ जना
चितवनमा ५ जना
कैलालीमा ४ जना
काठमाडौंमा ८ जना
सर्लाहीमा ३ जना
उदयपुरमा ८ जना
इलाममा २ जना
सप्तरीमा १ जना
नवलपरासीमा १ जना
बाँकेमा ३ जना
दाङमा ३ जना
दैलेखमा १० जना
सल्यानमा २ जना
डोटीमा ४ जना
बझाङमा ४ जना
कञ्चनपुरमा २०
मोरङमा ३ जना
धनुषामा २९ जना
महोत्तरीमा १ जना
नुवाकोटमा १ जना
ललितपुरमा १ जना
गोरखामा ३ जना
म्याग्दीमा ३ जना
स्याङ्जामा ३ जना
बाग्लुङ्गमा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...
पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...
फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...
उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...
Top