२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार


२१ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ९ जनासहित देशभर १ सय ५० जना थप कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै उपत्यकाभित्र पर्ने ललितपुरमा पनि एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकाभित्र ५ हजार जनामा गरिएको परीक्षणका क्रममा समुदायमा कसैमा पनि कोरोना फैलिएको नदेखिएको जनाएको छ ।

मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९३ पुगेको छ । यस्तै १२ हजार ४ सय ७७ जना उपचारपछि भाइरस मुक्त भएर घर फर्केका छन् । यस्तै कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ४० जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर निम्न जिल्लामा निम्न संख्यामा संक्रमितहरु भेटिएका छन् ।

मकवानपुरमा ५ जना
काभ्रेपलाञ्चोकमा १ जना
रामेछापमा २ जना
झापामा २ जना
महोत्तरीमा १३ जना
पर्सामा २ जना
चितवनमा ५ जना
कैलालीमा ४ जना
काठमाडौंमा ८ जना
सर्लाहीमा ३ जना
उदयपुरमा ८ जना
इलाममा २ जना
सप्तरीमा १ जना
नवलपरासीमा १ जना
बाँकेमा ३ जना
दाङमा ३ जना
दैलेखमा १० जना
सल्यानमा २ जना
डोटीमा ४ जना
बझाङमा ४ जना
कञ्चनपुरमा २०
मोरङमा ३ जना
धनुषामा २९ जना
महोत्तरीमा १ जना
नुवाकोटमा १ जना
ललितपुरमा १ जना
गोरखामा ३ जना
म्याग्दीमा ३ जना
स्याङ्जामा ३ जना
बाग्लुङ्गमा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...

Top