गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि

Best Khabar Team | २०७७ असार २३ गते मंगलबार


०८ जुलाई, २०२०
आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अवस्थामा पुगेका एक युवकलाई उपचारका लागि हिजो ललितपुर पठाईकोमा उनको गएराति उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालम उपचारका क्रममा ज्यान गुमाएका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालले जनाएको छ ।

गोर्खाको तान्द्राङ्का २६ वर्षका ती युवक हिजो झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अबस्थामा भेटिएपछि परिवारले उनलाई उपचारका लागि काठमाडौं पठाएको थियो । जिल्लामा उपचार हुन नसकेपछि उनलाई काठमाडौं पठाईकोमा गएराति उपचारका क्रममा उनको ज्यान गएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको निधन भएपछि गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

गोर्खाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का ती युवक लामो समयदेखि डिप्रेसनमा रहेको र आत्महत्याको प्रयास गरेका थिए । परिवार तथा आफन्तले उनले झुण्डिएको देखेपछि डोरी काटेर उनलाई बचाउनका लागि भन्दै गोर्खाको एउटा अस्पतालमा पठाइएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आकस्मिक रुपमा काठमाडौं पठाईएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । अहिले अस्पतालले उनको शव व्यवस्थापन तथा उनको उपचारमा खटिएका चिकित्सकहरुको स्वाब परीक्षण थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित) बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...

कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित) कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

Top