गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि

Best Khabar Team | २०७७ असार २३ गते मंगलबार


०८ जुलाई, २०२०
आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अवस्थामा पुगेका एक युवकलाई उपचारका लागि हिजो ललितपुर पठाईकोमा उनको गएराति उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालम उपचारका क्रममा ज्यान गुमाएका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालले जनाएको छ ।

गोर्खाको तान्द्राङ्का २६ वर्षका ती युवक हिजो झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अबस्थामा भेटिएपछि परिवारले उनलाई उपचारका लागि काठमाडौं पठाएको थियो । जिल्लामा उपचार हुन नसकेपछि उनलाई काठमाडौं पठाईकोमा गएराति उपचारका क्रममा उनको ज्यान गएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको निधन भएपछि गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

गोर्खाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का ती युवक लामो समयदेखि डिप्रेसनमा रहेको र आत्महत्याको प्रयास गरेका थिए । परिवार तथा आफन्तले उनले झुण्डिएको देखेपछि डोरी काटेर उनलाई बचाउनका लागि भन्दै गोर्खाको एउटा अस्पतालमा पठाइएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आकस्मिक रुपमा काठमाडौं पठाईएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । अहिले अस्पतालले उनको शव व्यवस्थापन तथा उनको उपचारमा खटिएका चिकित्सकहरुको स्वाब परीक्षण थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कतार एयरले  विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’ भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...

Top