Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०
काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा र निसान छाप संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । यसअघि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर जारी गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाले पारित गरेको हो । संशोधनको पक्ष र विपक्षमा प्रतिनिधिसभाका सदस्यहरुबीच मतदान भएको थियो । संशोधनको पक्षमा २५८ र विपक्षमा सून्य मत प्राप्त भएको थियो ।

यस्तै पक्ष तथा विपक्षमा मत नहाली तटस्थ रहने भन्नेमा सून्य मत प्राप्त भएको थियो । संविधान संशोधनको प्रस्तावको विपक्षमा संशोधन प्रस्ताव हालेकी सरिता गिरीले भने संसद् बैठक बहिष्कार गरेर निर्वाचन अघि नै नै बाहिरिएकी थिइन् । आजको बैठकमा १७ जना सांसद अनुपस्थित भएका थिए ।
प्रतिनिधिसभामा मत विभाजनको आधारमा संशोधन प्रस्तावमाथि भोटिङ्ग भएको थियो । जस अनुसार प्रस्तावको पक्षमा मत गर्ने, विपक्षमा मत गर्ने तथा पक्ष विपक्षमा मत नगरी तटस्थ बस्ने व्यवस्था गरिएको थियो ।
विगतमा भारतले अतिक्रमण गरेको नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर केहीदिनअघि सरकारले नयाँ नक्सा सार्वजनिक गरेको थियो । बैठकले संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयकलाई पनि पारित गरेसँगै अब नयाँ नेपालको नक्सा र निसान छाप प्रचलनमा आउने भएको छ ।

आजको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मत रुपमा पारित गरेको हो । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेताहरुले नयाँ नक्सा जारी गर्ने विषयमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । उनीहरुले भोलिका दिनमा यो विषयमा भारत सरकारसँग वार्तामा बसेर समाधान खोज्नका लागि आग्रह गरेका छन् ।

प्रस्तावमाथि समाजवादी पार्टीका एक सांसदले असन्तुष्टि जनाएको भएपनि समाजवादी पार्टीले पनि संशोधन प्रस्तावमा सहमति जनाएसँगै यो सर्वसम्मतले पारित भएको हो ।
सरकारले गएको जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । नेपालको राष्ट्रिय एकताको विषय भएको भन्दै सबै राजनीतिक दलहरुले विधेयकलाई सैद्धान्तिक रुपमा सबै दलले स्वीकार गरेका थिए।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन
२०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...
Top