नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा र निसान छाप संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । यसअघि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर जारी गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाले पारित गरेको हो । संशोधनको पक्ष र विपक्षमा प्रतिनिधिसभाका सदस्यहरुबीच मतदान भएको थियो । संशोधनको पक्षमा २५८ र विपक्षमा सून्य मत प्राप्त भएको थियो ।

यस्तै पक्ष तथा विपक्षमा मत नहाली तटस्थ रहने भन्नेमा सून्य मत प्राप्त भएको थियो । संविधान संशोधनको प्रस्तावको विपक्षमा संशोधन प्रस्ताव हालेकी सरिता गिरीले भने संसद् बैठक बहिष्कार गरेर निर्वाचन अघि नै नै बाहिरिएकी थिइन् । आजको बैठकमा १७ जना सांसद अनुपस्थित भएका थिए ।

प्रतिनिधिसभामा मत विभाजनको आधारमा संशोधन प्रस्तावमाथि भोटिङ्ग भएको थियो । जस अनुसार प्रस्तावको पक्षमा मत गर्ने, विपक्षमा मत गर्ने तथा पक्ष विपक्षमा मत नगरी तटस्थ बस्ने व्यवस्था गरिएको थियो ।

विगतमा भारतले अतिक्रमण गरेको नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर केहीदिनअघि सरकारले नयाँ नक्सा सार्वजनिक गरेको थियो । बैठकले संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयकलाई पनि पारित गरेसँगै अब नयाँ नेपालको नक्सा र निसान छाप प्रचलनमा आउने भएको छ ।

पारित भएको नयाँ नक्सा

आजको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मत रुपमा पारित गरेको हो । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेताहरुले नयाँ नक्सा जारी गर्ने विषयमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । उनीहरुले भोलिका दिनमा यो विषयमा भारत सरकारसँग वार्तामा बसेर समाधान खोज्नका लागि आग्रह गरेका छन् ।

पारित भएको नयाँ निशान छाप

प्रस्तावमाथि समाजवादी पार्टीका एक सांसदले असन्तुष्टि जनाएको भएपनि समाजवादी पार्टीले पनि संशोधन प्रस्तावमा सहमति जनाएसँगै यो सर्वसम्मतले पारित भएको हो ।

सरकारले गएको जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । नेपालको राष्ट्रिय एकताको विषय भएको भन्दै सबै राजनीतिक दलहरुले विधेयकलाई सैद्धान्तिक रुपमा सबै दलले स्वीकार गरेका थिए।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...

‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर ‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...

Top