स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल’ अनिश्चित समयका लागि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा उपचारका लागि आएका दुईजना विरामीमा कोरोना देखिएपछि अस्प्तालले अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालमा उपचारमा आएका दुईजना विरामी र उनीहरुको उपचारमा संलग्न २ जना चिकित्सक गरी अस्पतालको सम्पर्कमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल निर्मूलीकरणका लागि भन्दै अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले आज एक सूचना जारी गरेर जानकारी गराएको छ । अस्पतालका अनुसार अब अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पतालको आकस्मिकसहितका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि सुरक्षाको दृष्टिकोणले अस्पताल बन्द गर्नुपरेको भन्दै अस्पताल फेरि कहिले सञ्चालन गर्ने भन्ने जानकारी अर्को सूचना निकालेर गराईने अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालले अहिले विशेषज्ञहरुको सहारामा अस्पतालका सबै विभागलाई निर्मूलिकरण गर्ने तयारी थालेको छ । यसअघि हिजो स्वास्थ्य मन्त्रालयले अस्प्तालका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । तर अस्पतालले भने चारैजना स्वास्थ्यकर्मी नभएको भन्दै दुईजना स्वास्थ्यकर्मी र दुईजना अस्पतालमा उपचारका लागि आएका विरामी भएको स्पष्ट पारेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो) ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

प्रधानमन्त्री दाहाललाई पत्नीशोक प्रधानमन्त्री दाहाललाई पत्नीशोक

२०८० आश्विन ३ गते बुधबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

Top