Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०
काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल’ अनिश्चित समयका लागि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा उपचारका लागि आएका दुईजना विरामीमा कोरोना देखिएपछि अस्प्तालले अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालमा उपचारमा आएका दुईजना विरामी र उनीहरुको उपचारमा संलग्न २ जना चिकित्सक गरी अस्पतालको सम्पर्कमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल निर्मूलीकरणका लागि भन्दै अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले आज एक सूचना जारी गरेर जानकारी गराएको छ । अस्पतालका अनुसार अब अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पतालको आकस्मिकसहितका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि सुरक्षाको दृष्टिकोणले अस्पताल बन्द गर्नुपरेको भन्दै अस्पताल फेरि कहिले सञ्चालन गर्ने भन्ने जानकारी अर्को सूचना निकालेर गराईने अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालले अहिले विशेषज्ञहरुको सहारामा अस्पतालका सबै विभागलाई निर्मूलिकरण गर्ने तयारी थालेको छ । यसअघि हिजो स्वास्थ्य मन्त्रालयले अस्प्तालका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । तर अस्पतालले भने चारैजना स्वास्थ्यकर्मी नभएको भन्दै दुईजना स्वास्थ्यकर्मी र दुईजना अस्पतालमा उपचारका लागि आएका विरामी भएको स्पष्ट पारेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको कहरमा ‘बकर इद’ पर्व
२०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...
‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...
Top