Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०
काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयले सरोकारवालाहरुसँगको छलफलपछि लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न खाले व्यवस्था गर्न लागेको हो । यस क्रममा पैदलयात्रा गरेर विभिन्न नाकाहुँदै काठमाडौं छिर्नेहरुलाई पूर्णरुपमा रोक लगाइने भएको छ । यसरी आउनेहरुलाई जहाँबाट आएको हो त्यतै फर्काइने भएको छ ।

काठमाडौंका सडक तथा गल्लीमा मानिसहरुको भीड बढ्दै गएको ठहरसहित गृहमन्त्रालयले यसरी सडक तथा गल्लीमा अनावश्यकरुपमा निस्कनेहरुलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । लकडाउनलाई प्रभावकारी बनाउन र जोखिम फैलन नदिन आम नागरिकले सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्नका लागि सरकारले सबैमा अनुरोध समेत गरेको छ ।

यस्तै अत्यावश्यक सेवामा रहेका सवारी साधन तथा व्यक्तिहरुलाई भने आवश्यक समन्वय गरेर मात्रै छाडिने भएको छ । सरकारले आजैदेखि लागूहुने गरी जिल्लाले जारी गरेको सवारी पास सबै रद्द भएको घोषणा समेत गरिसकेको छ । आम नागरिकलाई आवश्यक पर्ने अत्यावश्यकीय सामग्री बोकेका मालबहाक सवारी साधन तथा एम्बुलेन्स, शवबाहान, दमकललगायतलाई भने निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।

प्रेस तथा अन्य अत्यावश्यक सेवा प्रवाहमा रहेकाहरुलाई पनि उनीहरुको आधिकारिक परिचयपत्र तथा नियमक निकायले जारी गरेको कार्डको आधारमा काममा जान दिने निर्णय सरकारले गरेको छ । सरकारले यसअघि एउटा जिल्लाबाट अर्को जिल्लामा जाने यात्रु तथा सवारीमा रोक लगाईसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...
११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
Top