ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार


२१ जुन, २०१९
वासिङ्टन । आगामी सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुःन उम्मेदरी दिने तयारीमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको औपचारिक शुरुवात गर्नुभएको छ । उहाँले हिजो राति अमेरिकाको फ्लोडियामा आयोजित एक कार्यक्रमबाट दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन अभियान शुरु गर्नुभएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

यसअघि ट्रम्पले राष्ट्रपतिको पुःन उम्मेद्वार बन्नका लागि औपचारिक रूपमा अभियान सुरु गर्ने बताउँदै आउनुभएको थियो । हिजोको चुनाव प्रचार प्रसार अभियानबाट औपचारिक रुपमा आफूले सन् २०२० को राष्ट्रपति चुनावमा उम्मेद्वारी दिने घोषणा ट्रम्पको छ । स्थानीय ओर्ल्यान्डोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले ट्रम्पले फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँनुभयो ।

र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी हुनुभएको थियो । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी उहाँको छ । उहाँले आगामी ४ वर्षका लागि आफ्नो पक्ष्मा मत दिन आग्रह गर्दै दोश्रो कार्यकालमा थप काम गर्ने दाबी गर्नुभयो ।

यसैबीच अर्को चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूको चर्को आलोचना गरे । ट्रम्पका प्रतिद्वन्द्वीका रुपमा डेमोक्र्याटिक पार्टीले पनि उम्मेद्वार उठाउने तयारी गरिरहेको छ । ट्रम्प २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित अमेरिकाको ४५औं राष्ट्रपति बनेका बन्नुभएको थियो । यसपटकको चुनावमा विजयी हुन भने उहाँलाई निक्कै कठिन हुने प्रारम्भिक सर्वेक्षणहरुले देखाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित) बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...

नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै

२०७६ पुष ५ गते शनिबार

२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...

Top