ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार


२१ जुन, २०१९
वासिङ्टन । आगामी सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुःन उम्मेदरी दिने तयारीमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको औपचारिक शुरुवात गर्नुभएको छ । उहाँले हिजो राति अमेरिकाको फ्लोडियामा आयोजित एक कार्यक्रमबाट दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन अभियान शुरु गर्नुभएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

यसअघि ट्रम्पले राष्ट्रपतिको पुःन उम्मेद्वार बन्नका लागि औपचारिक रूपमा अभियान सुरु गर्ने बताउँदै आउनुभएको थियो । हिजोको चुनाव प्रचार प्रसार अभियानबाट औपचारिक रुपमा आफूले सन् २०२० को राष्ट्रपति चुनावमा उम्मेद्वारी दिने घोषणा ट्रम्पको छ । स्थानीय ओर्ल्यान्डोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले ट्रम्पले फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँनुभयो ।

र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी हुनुभएको थियो । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी उहाँको छ । उहाँले आगामी ४ वर्षका लागि आफ्नो पक्ष्मा मत दिन आग्रह गर्दै दोश्रो कार्यकालमा थप काम गर्ने दाबी गर्नुभयो ।

यसैबीच अर्को चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूको चर्को आलोचना गरे । ट्रम्पका प्रतिद्वन्द्वीका रुपमा डेमोक्र्याटिक पार्टीले पनि उम्मेद्वार उठाउने तयारी गरिरहेको छ । ट्रम्प २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित अमेरिकाको ४५औं राष्ट्रपति बनेका बन्नुभएको थियो । यसपटकको चुनावमा विजयी हुन भने उहाँलाई निक्कै कठिन हुने प्रारम्भिक सर्वेक्षणहरुले देखाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

Top