Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०
विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै गएपछि यहाँको सरकारले सिँगो देशभर आपतकालको घोषणा गरेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थनीय समय अनुसार आजराति १२ बजेबाट लागूहुने गरी आगामी एक महिनाको लागि सिँगो देश लकडाउन गर्ने घोषणा यहाँको सरकारले गरेको हो ।
आपतकालको अवस्थामा देशमा आवश्यकता अनुसार सेना तथा प्रहरी परिचालन गरिने सरकारी घोषणामा उल्लेख छ । न्यूजिल्याण्डमा यो समाचार तयार पार्दासम्म २ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन भने उपचारपछि २२ जना घर फर्किएका छन् । गएको फेब्रुअरी महिनामा यहाँ पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए ।
न्युजिल्याण्डमा आपातकालीन अवस्थाको घटना यो दोस्रो हो । यसअघि सन् क्राइस्ट चर्चमा भूकम्पका बेला यहाँ आपत्कालको घोषणा गरिएको थियो । आपतकालको घोषणा सँगै सरकारले आजबाट सुपरमार्केट, मेडिकल सेन्टर, औषधी पसललगायत अत्याश्यकीय सेवा प्रवाह गर्नेबाहेक अन्य स्थल बन्द गर्न निर्देशन दिएको छ भने अत्यावश्यक काम बाहेक आम नागरिकलाई घरबाहिर निस्कन पनि निधेष गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...
बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...
कोरोना कहरकै बीच बेलायतले ग-र्यो प्राथमिक विद्यालय खोल्ने निर्णय : जुन १ बाट विभिन्न क्षेत्रलाई सहज बनाइने प्रधानमन्त्रीको घोषणा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २...
Top