Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०
विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै गएपछि यहाँको सरकारले सिँगो देशभर आपतकालको घोषणा गरेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थनीय समय अनुसार आजराति १२ बजेबाट लागूहुने गरी आगामी एक महिनाको लागि सिँगो देश लकडाउन गर्ने घोषणा यहाँको सरकारले गरेको हो ।
आपतकालको अवस्थामा देशमा आवश्यकता अनुसार सेना तथा प्रहरी परिचालन गरिने सरकारी घोषणामा उल्लेख छ । न्यूजिल्याण्डमा यो समाचार तयार पार्दासम्म २ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन भने उपचारपछि २२ जना घर फर्किएका छन् । गएको फेब्रुअरी महिनामा यहाँ पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए ।
न्युजिल्याण्डमा आपातकालीन अवस्थाको घटना यो दोस्रो हो । यसअघि सन् क्राइस्ट चर्चमा भूकम्पका बेला यहाँ आपत्कालको घोषणा गरिएको थियो । आपतकालको घोषणा सँगै सरकारले आजबाट सुपरमार्केट, मेडिकल सेन्टर, औषधी पसललगायत अत्याश्यकीय सेवा प्रवाह गर्नेबाहेक अन्य स्थल बन्द गर्न निर्देशन दिएको छ भने अत्यावश्यक काम बाहेक आम नागरिकलाई घरबाहिर निस्कन पनि निधेष गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)
२०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...
विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...
Top