धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार


१०, मार्च, २०२०
लण्डन । पूर्वी नेपालको धरान घर भएका एक युवक बेलायतको केन्ट अस्फोर्ट नजिकै रहेको भिक्टोरिया पार्कको स्टावर नदी किनारमा मृत अवस्थामा भेटिएका छन् । धरानका अन्दाजी ३३ वर्षका युगल लिम्बुको शव हिजो दिउँसो प्रहरीले नदी किनारमा फेला परेको जनाएको छ ।

उनी यहाँको स्थानीय समय अनुसार गएको शनिबार दिउँसोदेखि बेपत्ता थिए । परिवार र साथीभाईसँग उनी सम्पर्क विहिन बनेका उनलाई प्रहरीले हेलिकोप्टरको साहारामा खोजी गरेको थियो । विगत चार वर्षदेखि उनी केन्ट अस्फोर्टमा बस्दै आएका थिए । उनी विद्यार्थी भिषामा लण्डन आएको बताइएको छ ।

उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेर पोष्टमार्टमको प्रक्रिया अघि बढाएको छ । उनले आत्महत्या गरे वा हत्या भयो भन्ने विषयमा केही खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा ! दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी...

इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न  सरकारको आदेश इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश

२०७६ फाल्गुन २७ गते मंगलबार

१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा...

कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...

Top