Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार

१० मार्च, २०२०
रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा बढी कोरोना प्रभावित तथा मृतकको संख्या बढ्दै गएपछि युरोपेली मुलुक इटलीले आफ्ना देशका नागरिकहरुलाई आवातजावतमा रोक लगाएको छ । सरकारले करोडौं नागरिकहरुलाई घरभित्रै बस्नका लागि अनुरोध गरेको छ । कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाका दरले बढ्दै गएपछि यहाँको सरकारले नागरिकहरुलाई भाइरसको संक्रमण थप फैलन नदिन यस्तो निर्देशन दिएको छ ।
सरकारले अत्यावश्यक यात्रा गर्न भने पाईने तर त्यसका लागि सरकार र सम्बन्धित निकायबाट अनुमति लिनैपर्ने व्यवस्था गरेको छ । हिजो साँझ यहाँका प्रधानमन्त्री जुसेप कोन्टेले एक सन्देश जारी गर्दै जनतालाई घरभित्रै बस्न अनुरोध गरेका छन् । उनले कमजोरहरुलाई जोगाउनका लागि यो निर्णय गर्नुपरेको भन्दै सरकारले लागू गरेको यो नियम र आदेशलाई आत्मसाथ गरेमा कोरोना छिट्टै नियन्त्रणमा आउने विश्वास समेत व्यक्त गरे ।
इटलीमा कोरोनाको संक्रमणबाट हालसम्म ४६३ जनाको ज्यान गएको छ भने संक्रमणको दर पनि ह्वात्तै बढेको छ । बन्दरगाहमा रहेका क्रुज तथा पानीजहाजलाई पनि त्यहाँ बस्ने अनुमति नदिने सरकारले जनाएको छ । यस्तै रेलवे स्टेशनमा आउनेहरुको तापक्रम जाँच गर्न विशेष व्यवस्था गरिएको सरकारको भनाई छ । सरकारले लगाएको यो प्रतिबन्धको समयसम्म कोही कसैलाई इटली भ्रमणमा समेत रोक लगाइएको छ ।
यसका अलावा अत्यावश्यक परे अनुमति लिएर मात्रे हवाई यात्रा तथा अन्यत्र जान सकिने सरकारको भनाई छ । इटलीमा झण्डै ६ करोड मानिस छन् । सरकारको यो निर्णय पछि यी मानिसहरुले अबको केही समय घरभित्रै बस्नुपर्ने भएको छ । इटलीमा लाखौंको संख्यामा विदेशी पर्यटक तथा कामदारहरु रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...
फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण
२०७९ फाल्गुन २६ गते शुक्रबार
०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
कोरोना कहरकै बीच बेलायतले ग-र्यो प्राथमिक विद्यालय खोल्ने निर्णय : जुन १ बाट विभिन्न क्षेत्रलाई सहज बनाइने प्रधानमन्त्रीको घोषणा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २...
Top