Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०
भरतपुर । अज्ञात समूहले गएराति चितवनमा निजी मोबाइल सेवा प्रदायक एनसेलको टावरमा आगजनी गरेको छ । गएराति १० बजेतिरको समयमा जिल्लाको कालिका नगरपालिकाको मिलनबजारमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । रातिको समयमा आगजनी गरिएकोले कसले र किन सो टावरमा आगजनी ग-यो भन्ने खुल्न सकेको छैन ।

लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलका टावरमाथि यसअघि देशका विभिन्न स्थानमा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गर्ने गरेको भएपनि यसपटक भने घटना कसले गरायो खुल्न सकेको छैन ।
घटनालगत्तै जुटपानीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको भएपनि टावर पूर्णरुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरी पुगेपनि आक्रमणकारीको बारेमा कुनै जानकारी पत्ता लागेको छैन । स्मरणीय के छ भने हिजोमात्रै सरकारलाई एनसेलले लाभकर बापतको केही रकम तिरेपनि अझै १९ अर्ब रुपैयाँ बक्यौदा बाँकी छ । घटनास्थल पूर्व माओवादी लडाकू शिविर चितवनको शक्तिखोर नजिकै पर्दछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...
चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...
नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...
काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...
Top