कसले जलायो चितवनमा एनसेलको टावर ?

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
भरतपुर । अज्ञात समूहले गएराति चितवनमा निजी मोबाइल सेवा प्रदायक एनसेलको टावरमा आगजनी गरेको छ । गएराति १० बजेतिरको समयमा जिल्लाको कालिका नगरपालिकाको मिलनबजारमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । रातिको समयमा आगजनी गरिएकोले कसले र किन सो टावरमा आगजनी ग-यो भन्ने खुल्न सकेको छैन ।

लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलका टावरमाथि यसअघि देशका विभिन्न स्थानमा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गर्ने गरेको भएपनि यसपटक भने घटना कसले गरायो खुल्न सकेको छैन ।

घटनालगत्तै जुटपानीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको भएपनि टावर पूर्णरुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरी पुगेपनि आक्रमणकारीको बारेमा कुनै जानकारी पत्ता लागेको छैन । स्मरणीय के छ भने हिजोमात्रै सरकारलाई एनसेलले लाभकर बापतको केही रकम तिरेपनि अझै १९ अर्ब रुपैयाँ बक्यौदा बाँकी छ । घटनास्थल पूर्व माओवादी लडाकू शिविर चितवनको शक्तिखोर नजिकै पर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...

नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

२०७७ बैशाख ७ गते आइतबार

१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...

डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ? डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...

Top