Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा यसको प्रभाव अत्यधिक देखिन थालेको छ । विशेशगरी मध्य तराईका बारा, पर्सा, धनुषा, महोत्तरी,सिराहालगायतका जिल्लामा चिसोका कारण बृद्दबृद्दा र बालबालिका बढी प्रभावित भएका छन् । चिसोका कारण यी जिल्लाहरुमा यो वर्षमात्र आधादर्जनको ज्यान गै सकेको छ भने दजनौं स्थानीय बासिन्दा विरामी परेका छन् ।
शितलहर तथा कठ्यांग्रिने चिसोका कारण बारामा ५५ वर्षका स्माइलमेहा मन्सुलीको ज्यान गएको छ । यस्तै धनुषास्थित जनकपुर उपमहानगरपलिकामा ४४ वर्षकी सुनितादेवी कापडीको ज्यान गएको छ । पर्सामा अन्दाजी ४० वर्षका एक बृद्द मृत अवस्थामा फेला परेका छन् भने पर्सामा एक बृद्द महिलाको ज्यान गएको छ ।
चिसो बढ्दै गएपछि स्थानीय प्रशासनले उनीहरुलाई सुरक्षित रहनका लागि दाउरा बाँड्नेदखि अन्य विभिन्न कामहरु गरिरहेको भएपनि यो प्रभावतकारी बन्न सकेको छैन । विशेष गरी विपन्न परिवारका बालबालिका तथा बृद्दबृद्दाको अवस्था गम्भीर देखिएको छ । पुस महिना शुरुभएसँगै तराईका यी जिल्लाहरुमा शितलहरको प्रभाव देखिन थालेको हो ।
चिसो बढ्दै गएपछि स्थानीय विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका छन् भने अन्य दैनिक सरकारी कामकाम हुने कार्यालयहरुमा पनि यसको प्रभाव देखिन थालेको छ । करिब ३ सातादेखि यी जिल्लाहरुमा घाम देखिएको छैन । बाक्लो हुस्सु लागेका कारण सवारी साधन चलाउनसमेत कठिनाई भएको छ ।
बाक्लो हुस्सु लागेका कारण सवारी साधन चलाउनसमेत कठिनाई भएको छ । यस्तै यी जिल्लाहरुमा रहेका विमानस्थलहरु विमान उडान तथा अवतरणमा समेत कठिनाई भै रहेको छ । तराईका यी जिल्लाहरुमा मौसम पूर्णरुपमा सुधार हुन अझै केही साता लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
जाडोयाम शुरुभएसँगै हरेक वर्ष यी जिल्लाहरुमा दर्जनौं स्थानीयले ज्यान गुमाउँदै आएपनि सरकारले बेलैमा चिसोबाट जोगाउनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसकेपनि स्थानीय दुःखीत देखिएका छन् ।
चिसो बढ्दै गएपछि स्थानीय अस्पतालहरुमा विरामीहरुको चाप पनि ह्वात्तै बढ्न थालेको छ । रुखाघोखी, निमोनियालगायत चिसोबाट हुने विरामीहरुले अस्पतालको सैयाहरु भरिभराउ हुन थालेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park
२०७६ मंशिर २३ गते सोमबार
09 Dec,2019 Banke, Jungle safari has been kept open...
परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...
बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
Top