१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

Best Khabar Team | २०७७ माघ ३ गते शनिबार


१७ जनवरी, २०२१
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ११ गतेदेखि बन्द गराएको काठमाडौं उपत्यकाका सबै विद्यालयहरुले आजदेखि नियमित रुपमा पठनपाठन शुरु गराउने भएका छन् । शिक्षा मन्त्रालय तथा सरोकारवालाहरुसँगको छलफलपछि विद्यालय सञ्चालकहरुले आजदेखि काठमाडौंका सबै निजी तथा सार्वजनिक विद्यालयहरु खोल्ने तयारी गरेका हुन् ।

विद्यालयहरुले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षासम्बन्धी सबै मापदण्ड पुरा गरेको बताएका छन् । यद्यपि काठमाडौंका सरकारी विद्यालयहरुले भने विद्यार्थी संख्या तथा आवश्यक आर्थिक अभावलगायतका कारण देखाउँदै सबै मापदण्डलाई पुरा गर्न नसक्ने जनाउ सरकारलाई गराई सकेका छन् ।

काठमाडौं उपत्यकामा रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा आवश्यक पर्ने भौतिक दुरी सहित, स्यानिटाइजर, विद्यालय प्रवेशमै ज्वरो नाप्नेलगायतका व्यवस्था गरेको भएपनि सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्याको चापका कारण आवश्यक सबै व्यवस्था गर्न नसकिएको उनीहरुले बताएका छन् ।

तस्वीर साभार : काठमाण्डौं पोष्ट

काठमाडौं उपत्यकामा रहेका सबै स्थानीय तहले गएको माघ १ गतेदेखि विद्यालय खोल्ने अनुमति सम्बन्धित विद्यालयहरुलाई प्रदान गरेको थियो । यसअघि विद्यालयहरुले अनलाईनका माध्यमबाट भच्यूअल कक्षा लिइरहेका थिए । विद्यालयहरुले कक्षाकोठामा यसअघि राखिने विद्यार्थी संख्याको आधा संख्यामा मात्रै विद्यार्थीहरु राखेर पढाउने तयारी विद्यालयहरुले गरेका छन् ।

तर अभिभावकहरु भने आफ्ना नानीबाबुहरुलाई यथास्थितिमा विद्यालय पठाउन राजी देखिँदैनन् । उनीहरुले विद्यालयहरुले चाहेर पनि विद्यार्थीहरुको सुरक्षामा ध्यान दिन नसक्ने दाबी गर्दै आइरहेका छन् । कतिपय विद्यालयहरुले भने काठमाडौंमा २ साता अघिदेखि नै विद्यालयमा विद्यार्थी बोलाएर भौतिक रुपमै कक्षा सञ्चालन शुरु गरिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...

काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...

दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको...

Top