१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

Best Khabar Team | २०७७ माघ ३ गते शनिबार


१७ जनवरी, २०२१
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ११ गतेदेखि बन्द गराएको काठमाडौं उपत्यकाका सबै विद्यालयहरुले आजदेखि नियमित रुपमा पठनपाठन शुरु गराउने भएका छन् । शिक्षा मन्त्रालय तथा सरोकारवालाहरुसँगको छलफलपछि विद्यालय सञ्चालकहरुले आजदेखि काठमाडौंका सबै निजी तथा सार्वजनिक विद्यालयहरु खोल्ने तयारी गरेका हुन् ।

विद्यालयहरुले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षासम्बन्धी सबै मापदण्ड पुरा गरेको बताएका छन् । यद्यपि काठमाडौंका सरकारी विद्यालयहरुले भने विद्यार्थी संख्या तथा आवश्यक आर्थिक अभावलगायतका कारण देखाउँदै सबै मापदण्डलाई पुरा गर्न नसक्ने जनाउ सरकारलाई गराई सकेका छन् ।

काठमाडौं उपत्यकामा रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा आवश्यक पर्ने भौतिक दुरी सहित, स्यानिटाइजर, विद्यालय प्रवेशमै ज्वरो नाप्नेलगायतका व्यवस्था गरेको भएपनि सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्याको चापका कारण आवश्यक सबै व्यवस्था गर्न नसकिएको उनीहरुले बताएका छन् ।

तस्वीर साभार : काठमाण्डौं पोष्ट

काठमाडौं उपत्यकामा रहेका सबै स्थानीय तहले गएको माघ १ गतेदेखि विद्यालय खोल्ने अनुमति सम्बन्धित विद्यालयहरुलाई प्रदान गरेको थियो । यसअघि विद्यालयहरुले अनलाईनका माध्यमबाट भच्यूअल कक्षा लिइरहेका थिए । विद्यालयहरुले कक्षाकोठामा यसअघि राखिने विद्यार्थी संख्याको आधा संख्यामा मात्रै विद्यार्थीहरु राखेर पढाउने तयारी विद्यालयहरुले गरेका छन् ।

तर अभिभावकहरु भने आफ्ना नानीबाबुहरुलाई यथास्थितिमा विद्यालय पठाउन राजी देखिँदैनन् । उनीहरुले विद्यालयहरुले चाहेर पनि विद्यार्थीहरुको सुरक्षामा ध्यान दिन नसक्ने दाबी गर्दै आइरहेका छन् । कतिपय विद्यालयहरुले भने काठमाडौंमा २ साता अघिदेखि नै विद्यालयमा विद्यार्थी बोलाएर भौतिक रुपमै कक्षा सञ्चालन शुरु गरिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...

काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य

२०७७ चैत्र १८ गते बुधबार

३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...

पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

Top