Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो एक्सरे (अल्टासाउन्ड) गर्ने मेसिनमा प्रयोग भएको महत्वपूर्ण पाटपुर्जा चोरेको अभियोगमा प्रहरीले एक चिकित्सक र अहेबलाई काठमाडैंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षका चिकित्सक प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा रहेका छन् ।

मिश्र र शर्माले गएको जेठ १७ गते ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालको भिडियो एक्सरे कक्षमा प्रवेश गरेर त्यहाँ रहेको मेसिनका महत्वपूर्ण पाटपूर्जा निकालेर बाहिरिएका थिए । गेटमा तैनाथ सुरक्षाकर्मीलाई उनीहरुले परिचयपत्र देखाएर आफूहरु भिडियो एक्सरे मेसिन मर्मतका लागि आएको प्राविधिक भएको दाबी गरेका थिए । प्रहरीले घटनापछि सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मिश्रको काठमाडौको बानेश्वरस्थित कोठाबाट सो मेसिनमा प्रयोग भै चोरी गरिएका महत्वपूर्ण पाटपुर्जा समेत प्रहरीले बरामद गरेको छ । बरामद गरिएका ती सामग्रीहरु ३० लाख मूल्य भन्दा बढीके भएको । पक्राउ पर्ने सर्लाहीको बलरा नगरपालिका १ घर भएका मिश्र एमविबिएस डाक्टर तथा महोत्तरीको बर्दिबास १३ घर भएका शर्मा अबेह हुन् । उनीहरु दुबैजना महोत्तरीको बर्दिबासमा रहेको डि एण्ड बी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु रहेका छन् ।
बिरामीको भिडियो एक्सरे गर्ने बेलामा मेसिनमा पाटपुर्जा नदेखिएपछि चिकित्सकले अस्पताल प्रशासनलाई जानकारी गराएको थियो । अस्पताल प्रशासनले प्रहरीमा खबर गरेसँगै घटना सार्वजनिक भएको हो । पक्राउ परेका मिश्र र शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर चोरीको अभियोगमा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका मिश्र र शर्माले आफूहरुले सो मेसिनको सामान चोरेको प्रहरीसमक्ष स्वीकार गरेको बुझिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...
पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए
२०८२ बैशाख २४ गते बुधबार
०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...
विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...
Top