Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो एक्सरे (अल्टासाउन्ड) गर्ने मेसिनमा प्रयोग भएको महत्वपूर्ण पाटपुर्जा चोरेको अभियोगमा प्रहरीले एक चिकित्सक र अहेबलाई काठमाडैंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षका चिकित्सक प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा रहेका छन् ।

मिश्र र शर्माले गएको जेठ १७ गते ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालको भिडियो एक्सरे कक्षमा प्रवेश गरेर त्यहाँ रहेको मेसिनका महत्वपूर्ण पाटपूर्जा निकालेर बाहिरिएका थिए । गेटमा तैनाथ सुरक्षाकर्मीलाई उनीहरुले परिचयपत्र देखाएर आफूहरु भिडियो एक्सरे मेसिन मर्मतका लागि आएको प्राविधिक भएको दाबी गरेका थिए । प्रहरीले घटनापछि सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मिश्रको काठमाडौको बानेश्वरस्थित कोठाबाट सो मेसिनमा प्रयोग भै चोरी गरिएका महत्वपूर्ण पाटपुर्जा समेत प्रहरीले बरामद गरेको छ । बरामद गरिएका ती सामग्रीहरु ३० लाख मूल्य भन्दा बढीके भएको । पक्राउ पर्ने सर्लाहीको बलरा नगरपालिका १ घर भएका मिश्र एमविबिएस डाक्टर तथा महोत्तरीको बर्दिबास १३ घर भएका शर्मा अबेह हुन् । उनीहरु दुबैजना महोत्तरीको बर्दिबासमा रहेको डि एण्ड बी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु रहेका छन् ।
बिरामीको भिडियो एक्सरे गर्ने बेलामा मेसिनमा पाटपुर्जा नदेखिएपछि चिकित्सकले अस्पताल प्रशासनलाई जानकारी गराएको थियो । अस्पताल प्रशासनले प्रहरीमा खबर गरेसँगै घटना सार्वजनिक भएको हो । पक्राउ परेका मिश्र र शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर चोरीको अभियोगमा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका मिश्र र शर्माले आफूहरुले सो मेसिनको सामान चोरेको प्रहरीसमक्ष स्वीकार गरेको बुझिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने
२०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...
नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै
२०७६ पुष ५ गते शनिबार
२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...
काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
Top