कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार


पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ ।

युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं मानिसहरुले ज्यान गुमाईरहेका छन् भने दशौं हजारको संख्या नयाँ संक्रमित फेला परेका छन् । यसको तुलनामा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या न्यून छ । यसैमध्येको एक देश हो पोर्चुगल । यतिबेला सिँगो पोर्चुगल पनि कोरोनाको चपेटामा परेको छ । अरु बेला हुन्थ्यो भने यो समय (सामान्यतया अप्रिलदेखि) पर्यटकहरुको ओइरो लाग्ने बेला हो पोर्चुगलमा ।

तर यतिबेला पोर्चुगलका सबै होटल तथा रेस्टुरेन्ट बन्द भएका छन्, अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य ठाउँ लगभग सुनसान जस्तै बनेको छ भने मानिसहरु पनि आवश्यक काम बाहेक बाहिर निस्केका छैनन् । कोरोनाका कारण यो सामग्री तयार गर्दासम्म पोर्चुगलमा २ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् भने १० हजार भन्दा बढी संक्रमित आइसोलेसनमा छन् । तर शनिबार एउटा अनौठो तस्वीर सार्वजनिक भयो ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो दि सोउसा एक्कासी किसानको बारीमा पुगे । अनि कृषि कर्ममा खटिएका किसानसँग उनले केही भलाकुसारी समेत गर्न भ्याए, अनि किसानलाई सहानुभूति व्यक्त गरे । पर्यटन र कृषिमा आधारित युरोपेली मुलुकका राष्ट्रपतिले किसानका बारीमा पुगेका केही तस्वीरहरु यो घडीमा सबैका लागि अनुकरणीय हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित) बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...

कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...

Top