Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो ।
विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र पार्क गरिराखिएको निजी गाडीमा समेत क्षति पुगेको छ । विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जिम्मा लिएको छ । घटनालगत्तै प्रहरी अहिले घटनास्थलमा पुगेको छ । विस्फोटको आवाज काठमाडौंको बालाजु, कलंकी, ठमेललगायतका क्षेत्रमा सुनिएको थियो ।
बालुवाटारस्थित ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने प्रमुख खलपात्रका रुपमा चिनिन्छन् शोभाकान्त ढकाल र रामकुमार सुवेदी ।

जसलाई प्रहरीले फेला पार्न नसकेको बताउँछ ।अख्तियार स्रोत अनुसार अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन् । यस अघि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो, जुन समितिले उक्त अभियुक्तहरुलाई ‘भू–माफिया’ भनेर किटान गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
Top