Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो ।
विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र पार्क गरिराखिएको निजी गाडीमा समेत क्षति पुगेको छ । विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जिम्मा लिएको छ । घटनालगत्तै प्रहरी अहिले घटनास्थलमा पुगेको छ । विस्फोटको आवाज काठमाडौंको बालाजु, कलंकी, ठमेललगायतका क्षेत्रमा सुनिएको थियो ।
बालुवाटारस्थित ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने प्रमुख खलपात्रका रुपमा चिनिन्छन् शोभाकान्त ढकाल र रामकुमार सुवेदी ।

जसलाई प्रहरीले फेला पार्न नसकेको बताउँछ ।अख्तियार स्रोत अनुसार अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन् । यस अघि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो, जुन समितिले उक्त अभियुक्तहरुलाई ‘भू–माफिया’ भनेर किटान गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने...
नेपालमा कोरोना : ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२...
थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो
२०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
Top