अमेरिका

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो वाइडेनले मतगणनामा अग्रता लिएका छन् । हालै सम्पन्न राष्ट्रपतिय चुनावमा खसेको तथा हुलाक मार्फत् पठाइएको मतको पछिल्लो गणना अनुसार वाइडेनको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल बन्दै गएको हो । हालसम्म प्राप्त मत परिणाम अनुसार जो बाइडन अमेरिकाको…

३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने दौडमा लागेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण ठिक नहुँदै अस्पतालबाट निवास फर्केका छन् । ३ दिनको अस्पताल बसाईपछि राष्ट्रपति ट्रम्प सोमबार अपरान्ह घर फर्केका हुन् । केहीदिन अघि ट्रम्पमा कोरोना (कोभिड १९) को संक्रमण भएपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका…

सेप्टेम्बर ११, १९ वर्षअघि अमेरिकाको कालो दिन !

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०न्यूर्योक, अमेरिका । आज सेप्टेम्बर ११ । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा आतंककारी आक्रमण भएको १९ वर्ष पुरा भएको छ । विश्वलाई नै आश्चर्य तथा आतंकित बनाउने उद्देश्यले सन् २००१ को सेम्टेम्बर ११ का दिन आतंककारीहरुले अमेरिकाको न्यूर्योकमा रहेको ट्वीन टावर (वर्ड ट्रेड सेन्टर) मा जहाज ठोक्काएको दिन । विश्वलाई आतंकित बनाउने उद्देश्यले…

अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’

Best Khabar Team | २०७७ श्रावण ३२ गते आइतबार

१६ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोर्बट ट्रम्पको निधन भएको छ । शनिबार न्यूर्योकस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल र सञ्चारकर्मीमाझ औपचारिक घोषणा गरेका छन् । ७१ वर्षका रोबर्ट ट्रम्प पछिल्लो केही महिनायता विरामी रहेको बताईएपनि उनमा के समस्या थियो भन्ने विषयमा अहिलेसम्म केही…

विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि हालसम्म विश्वभर साढे ७ लाख भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । कोरोना भाइरससम्बन्धी सबै तथ्यांक अद्यावधिक गर्ने ओल्र्डोमिटर डटकमले जारी गरेको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म ७ लख ५७ हजार ४ सय ९५ जनाको ज्यान गएको छ । यस अवधिमा विश्वभर…

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

Best Khabar Team | २०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसस्थित राष्ट्रपति कार्यालयभित्र पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको आवाज आयो । यो आवाज उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा अन्य अधिकारीहरुले राम्ररी सुने । आवाज त्यहाँ जम्मा भएका पत्रकारहरुको कानमा समेत प-यो । तर गोलीको आवाज आइरहँदा पनि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो भनाई पत्रकारहरुमाझ प्रस्तुत गरिरहेका…

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा कुकुरको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकामा केही साता अघि मृत्यु भएको एउटा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र भाइरसकै प्रकोपका कारण उसको मृत्यु भएको अनुसन्धानहरुबाट पुष्टि भएको छ । अमेरिकाको जियोमाकी नामक एक पत्रिकारका सम्पादक रहेकी नातासा डाली नामक महिलाले सामाजिक सञ्जालमा राखेको जानकारी…

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका दुई छुट्टाछुट्टै घटनामा परी अध्ययनका लागि आएका दुई नेपाली युवतीको ज्यान गएको छ । अमेरिकाको टेक्सासमा रहेको ‘लेक लेविसभिल’ नामक तालमा डुबेर हराई रहेकी नेपाली युवती अस्मीता खानालका शव फेला परेको छ । लाईफज्याकेट बिना डुंगामा चढेर तालमा घुमिरहेका बेला एक्कासी डुंगाबाट खसेर उनी तालमा हराएको…

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

Best Khabar Team | २०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको मेक्सिकोमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु स्थार्नी ओक्कासा राज्यमा भएको यहाँका भूगर्भ विभागलाई उद्दृत गर्दै सिएनएनले समाचार उल्लेख गरेको छ । भूकम्पले ओक्साका शहरका आससापका दर्जनौं भवनहरु भत्काएको छ । सो भूकम्पमा परी हालसम्म एकजनाको मात्रै ज्यान गएको समाचार आएको छ । भूकम्प…

विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) बाट हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघेको छ । कोरोना भाइरसको संक्रमण, मृतकलगायतको सम्पूर्ण तथ्यांकहरु अद्याबधिक गर्ने ओल्डोमिटर डटकमको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ४ लाख ५१ हजार ८ सय ८ जनाको ज्यान…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । कोरोनासम्बन्धी सम्पूर्ण जानकारी अध्यावधिक गर्ने ओल्डोमिटर डटकमले उल्लेख गरे अनुसार हालसम्म कोरोनाबाट विश्वभर ४ लाख ५७ जनाको ज्यान गएको छ । यस्तै विश्वभर हालसम्म ६९ लाख १७ हजार ५ सय ९० जना जना संक्रमित बनेका छन् ।…

दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको चपेटामा परेको अमेरिकाले कोरोना कहरकै बीच आज (शनिबार) अन्तरिक्षमा मानवसहितको रकेट पठाएको छ । अमेरिकाले यो कार्यलाई आफ्नो ऐतिहासिक एवं ‘विशाल साहसिक कार्यको नयाँ अध्याय’ भएको प्रतिक्रिया दिएको छ । नासामार्फत आज स्पेसएक्स नामक रकेटले फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट अमेरिकी समय अनुसार दिउँसो अन्तरिक्षका लागि उडान…

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्व भर ३ लाख ५९ हजार ३ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा मात्रै यो रोगको प्रकोपबाट हालसम्म १ लाख भन्दा बढीको मृत्यु भै सकेको छ । कोरोना भाइरसको प्रभावबारे विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमले जारी गरेको तथ्यांक अनुसार अमेरिकी समय अनुसार आज मध्यान्ह १२…

ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो केही महिनायता फैलिएको कोरोनाका कारण अहिले अमेरिका र रसियापछि ब्राजिल विश्वको तेश्रो कोरोना ‘इपिसेन्टर’ बनेको छ । ब्राजिल कोरोना संक्रमितको हिसावले विश्वमा सबैभन्दा बढी संक्रमितमध्येको तेश्रो नम्बरमा आएको कोरोना भाइरससम्बन्धी प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमले जानकारी राखेको छ । यसअघि यो सूचीमा स्पेन रहेको…

अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको संक्रमणबाट विश्वमा सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा यो समाचार तयार पार्दासम्म ८५ हजार भन्दा बढी नागरिकले ज्यान गुमाई सकेका छन् । विश्वमा कोरोनाका कारण करिब ३ लाख मानिसको ज्यान गैसक्दा अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको हो । बेस्टखबर डटकमले यो समाचार सामग्री पोस्ट…

Top