प्रदेशहरुको खबर

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट भन्ने ठाउँको खोला छेउको बस्तीमा पसेको बाढीले बगाएका मध्ये ८ जनाको शव प्राप्त भएको छ । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर सात, आठ र नौ भएर बग्ने भुजी खोलामा आएको बाढी खोला छेउको तटीय क्षेत्रको…

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश अन्र्तगत कास्कीको पोखरामा गएको भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा सर्तसहित खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयले निश्चित सर्त राखेर आज राति १२ बजेदेखि लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिएको छ । आज रातिबाट निषेधाज्ञा हटाउने चर्चा भएपनि कोरोना संक्रमितको संख्या प्रत्येक दिन देखिइरहेका…

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप २ जनाको ज्यान गएको छ । वीरगञ्जको विशेष कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा उनीहरुको गएराति र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्लाको बहुदरमाइ नगरपालिकास्थित डकैलाका एक पुरुषको आज बिहान कोरोना संक्रमणकै कारण ज्यान गएको हो । ६१ वर्षका उनमा सुगर तथा प्रेसरलगायतका अन्य…

नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण (सुनौलो रंगको) कछुवा फेला परेको छ । विश्वमा विरलै भेटिने र भगवान विष्णुको स्वरुप मानिने स्वर्ण रंगको कछुवा तराईको धनुषा जिल्लामा हालै फेला परेको हो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका एक स्थानीयले पहिलोपटक यो रंगको कछुवा देखेपछि स्थानीयले यसको जानकारी पाएका थिए । यसअघि यस्तो रंगको…

सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको पहिरोमा परी हराईरहेका ३८ जनाको नामावली प्राप्त भएको छ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार स्थानीय लिदीका करिब ३० घर पहिरोले पुर्दा हालसम्म ३८ जना वेपत्ता भएको र उनीहरुको परिचय समेत खुलेको छ । अहिले घटनास्थलमा स्थानीय वासिन्दा, नेपाली सेना र…

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा एकै गाउँका ३० वटा घर पुरिएको छ । आज बिहान ६ बजेतिर स्थानीय लिदी गाउँ माथिको डाँडैसमेत खसेको पहिरोमा परी वडा नम्बर २ का ३० घर पुरेको हो । पहिरोमा परी अहिलेसम्म ३६ जना वेपत्ता भएको बताएको छ । घर वास्तविक…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

Best Khabar Team | २०७७ भाद्र २३ गते मंगलबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल भर्ना भएका एक पुरुषको गएराति कोरोना संक्रमणका कारण कारण ज्यान गएको छ । यहाँस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोरखा उप महानगरपालिकाका वडा नम्बर ११ का ६२ वर्षका पुरुषको गएराति उपचारकै क्रममा ज्यान गएको हो । उनको स्वाब संकलनको रिपोर्टमा पोजेटिभ रिपोर्ट आएको आस्पतालले जनाएको छ…

समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको आशंकासहित सुनसरी जिल्लामा अवस्थित पूर्वी नेपालकै चर्चित मानिएको धरानमा आजदेखि कम्तीमा १ साताका लाग फेरि लकडाउन घोषणा गरिएको छ । विगत केहीदिनयता भेटिएका कोरोना संक्रमितको अवस्था हेर्दा र उनीहरुको ‘हिस्ट्री’ले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमामा (समुदायस्तरमै ) सरेको अनुमान गर्दै फेरि लकडाउन घोषणाा गरिएको हो ।…

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२ जनाभन्दा बढी संक्रमित भेटिएपछि सिँगो रंगेली बजार नै सिल गरिएको छ । पछिल्लो २४ घण्टायता रंगेली नगरपालिकामा एकैपटक २२ जनामा कोरोना संक्रमण भेटिएपछि नगरपालिका क्षेत्र र सिँगो बजार नै सिल गरिएको हो । कोशी अञ्चल अस्पतालले गरेको स्वाब परीक्षणका क्रममा २२ जनामा कारोना संक्रमण पुष्टि भएको…

सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु

Best Khabar Team | २०७६ फाल्गुन २५ गते आइतबार

०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले बगाउँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार आज बिहान ३ बजेतिर स्थानीय मेलम्ची नगरपालिकाको गैह्रीबजारमा माथिबाट आएको पहिरोले बन्दै गरेको कर्भड हल बगाएको थियो । मृतकहरु सबै सो कर्भडहल बनाउने काममा खटिएका मजदुरहरु रहेको स्थानीयको भनाई छ ।…

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

Best Khabar Team | २०७६ पुष २३ गते बुधबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका…

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ । आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका…

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना भाइरसको संक्रमणले स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुपनि प्रभावित बन्न थालेका छन् । पछिल्लो २४ घण्टामा बीरगञ्जमा भेटिएका ५३ जना कोरोा संक्रमितमध्ये ४ जना डाक्टर र स्वास्थ्यकर्मी तथा अन्य ११ जना चिकित्सकका परिवारका सदस्य रहेका छन् । बीरगञ्जस्थित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवारका…

मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ मा पर्ने माल्कोटमा घरमाथिको जमिन पहिरिएपछि स्थानीय गंगे बुढाको घर पुगेको थियो । मध्यरातमा सुतिरहेका बेला एक्कासी खसेको पहिरोले घर पुर्दा गंगे बुढासहित उनकी श्रीमती, बुहारी…

बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा उम्रिएको बिषाक्त च्याउ घरमा ल्याएर तरकारी बनाएर खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खलंगाले दिएको जानकारी अनुसार जंगली च्याउ खाएर गम्भीर विरामी परेका जिल्लाको कुशे गाउँपालिकाको एकै घरका ४ जना मध्ये एकजनाको गएको सोमबार र बाँकी तीन जनाको आज…

Top