प्रदेशहरुको खबर

चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो

Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकैदिन दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज स्रोतले दिएको जानकारी अनुसार कसरा र अमलटारीमा क्रमशः बच्चा (अन्दाजी ३ महिनाको) गैडा तथा अर्को अन्दाजी २८/३० वर्षको गैंडा मृत अवस्थामा भेटिएको हो । विगतमा गैंडाको खाग तथा खुर तस्करीमा संलग्न गिरोहले गैंडा मार्ने गरेको…

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेपछि बैशाख २१ गते मंगलबार बिहानदेखि लागू हुनेगरी बैशाखभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा रहेका सवारी साधनबाहेक…

कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्यासलाग्दो ढंगबाट बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जका सबै विद्यालयहरु एक साताका लागि बन्द गर्ने घोषणा गरेको छ । जिल्ला विपत् व्यवस्थापन केन्द्रललगायत सरोकारवालाहरुको बैठकले भोलिदेखि लागूहुने गरी आगामी ७ दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने घोषणा गरेको हो…

स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा जीपका चालकसहित अरु ४ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासन कार्यालयकै खरिदार यमलाल पन्थी को घटनास्थलमक्ै ज्यान गएको…

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित साम्नेगाउँमा मोटरबाटो खनिएको १५ वर्षपछि पहिलो पटक बस पुगेको छ । बिक्रम सम्बत् २०६१ सालमा पहिलो पटक स्थानीय वासिन्दाले जन श्रमदानबाट सडक खन्ने काम सम्पन्न गरेपनि नियमक निकायको बेवास्ताका कारण यो क्षेत्रसम्म अहिलेसम्म बस सेवा सञ्चालनमा आएको थिएन । तर हालै नगरपालिकाले सडकको स्तरोन्नती गरेपछि यो…

गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए

Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै परिवारका ३ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकमा स्थानीय ८४ वर्षका टिलबहादुर गुरुङ्ग उनकी बुहारी र नातिनी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति सकुशल सुतेका उनीहरु सोमबार बिहान अवेरसम्म…

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२ गते भएको एउटा बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक युवकलाई प्रहरीले घटनाको २ साता नपुग्दै पक्राउ…

भागरथीको हत्यारा को ?

Best Khabar Team | २०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ २२ गते साँझ आफ्नै घर छेउमा रहेको जंगलमा शव भेटियो । माघ २१ गते दिउँसोदेखि बेपत्ता भएकी भागरथी भट्टको भोलिपल्ट साँझ घर नजिकै रहेको जंगलमा शव भेटिएपछि उनको परिवार शोकमा डुब्यो, सिँगो गाउँ नै स्तब्भ भयो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भट्ट २१ गते बिहान…

सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा लगाउने तयारीमा रहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन सरकारले देशका सातवटै प्रदेशमा रहेका अस्पतालहरुबाट लगाउन शुरु गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आगामी बुधबारबाट देशका ७ वटै प्रदेशमा रहेका विभिन्न अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालको सरसफाईमा खटिएका कर्मचारी, कोरोनाले ज्यान गुमाएकाको शव व्यवस्थामा खटिएका सेना,…

९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने

Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द गरिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । मनकामना मन्दिर क्षेत्र विकास कोषले आगामी मंसीर २८ गतेदेखि सर्वसाधारणका लागि निश्चित सुरक्षा मापदण्ड पुरा गरी मन्दिर दर्शनको व्यवस्था गर्न लागेको जनाएको छ ।…

लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो

Best Khabar Team | २०७७ मंशिर २१ गते आइतबार

०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको तिलौराकोटस्थित मायादेवी मन्दिर आजबाट सर्वसाधारणका लागि पुनः कुला गरिएको छ । गएको चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आम सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाएकोमा आवश्यक सुरक्षा सावधानी अपनाएर भक्तजनका लागि पुनः मन्दिर आजबाट खुल्ला गरिएको हो । स्वदेशी तथा विदेशी पर्यटकको केन्द्रको रुपमा रहेको…

बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता

Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार

०५ अक्टोबर, २०२०मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता रहेका जिल्लाको हिमाली गाउँपालिकाका एकै परिवारका ५ जनाको अवस्था अहिलेसम्म सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मार्तडलीले दिएको जानकारी अनुसार स्थानीय ३० वर्षको शान्ता नेपालीसहित उनका २ छोरा र ३ छोरीको अवस्था ४ दिनसम्म अज्ञात रहेको छ । उनीहरु गएको शुक्रबार देखि…

सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो

Best Khabar Team | २०७७ भाद्र २८ गते आइतबार

१३ सेप्टेम्बर, २०२०काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएरातिको वर्षात्सँगै आएको पहिरोमा परी २८ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएराति परेको अविरल वर्षात्पछि आएको पहिरोले स्थानीय बाह्रबिसे नगरपालिको ७ नम्बर वडाका ११ वटा घरहरु बगाएको थियो । स्थानीय नेवारटोल, भिरखर्क, नागपुजे, घुम्थाङ्गलगायतका स्थानमा रहेको स्थानीय वासिन्दाको घर पहिरोले…

समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

Best Khabar Team | २०७७ भाद्र २७ गते शनिबार

१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर समुदायका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले एकसाताको लागि सदरमुकाम सिल गरेको छ । समुदायस्तरमा आवतजात गरेका एकजना व्यक्तिमा कोरोना देखिएपछि आजदेखि लागूहुने गरी प्रमुख जिल्ला अधिकारीले एक साताका लागि जिल्ला सदरमुकाम सिल गरेको घोषणा गरेका हुन् । पर्वतमा पहिलो पटक क्वारेन्टाइन बाहिर समुदायका…

पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्प गएको छ । आज बिहान साढे ९ बजे झापाको बाहुडाँगीबाट उत्तरपूर्वमा पर्ने भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालको झापा, मोरङ्ग, इलामलगायतका जिल्लामा महशुस गरिएको थियो । भूकम्प ५ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको…

Top