काठमाडौं उपत्यका

आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझदेखि मुलुकको पश्चिमी क्षेत्रको मौसम विग्रनसक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि एकपटक मुलुकको पश्चिमी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली क्षेत्रहरुमा सामान्य हिउँसमेत पर्न सक्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन भनेका छन् । यसअघि ५ दिनअघि पनि पश्चिमी न्यून चापीय प्रणालीका…

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे संक्रान्ति पर्वलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा तरुल, पिँडालु र सखरखण्ड भित्रिएको छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार, कालीमाटी तरकारी तथा फलफूल बजारमा गतवर्ष माघे संक्रान्तिका बेला ९ सय ९९ सय मेट्रिकटन कन्दमुल भित्रिएको भएपनि यो वर्षको यही समयमा करिब १ हजार…

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित जितपुरफेदीमा रहेको एनसेल टावर र दक्षिणी क्षेत्रको दक्षिणकालीमा रहेको अर्को टावरमा गएराति आगजनी भएको हो । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुर फेदीमा रहेको सो टावरमा गएराति १ बजेतिर अज्ञात समूहले पेट्रोल खन्याएर आगो लगाएको बताइएको…

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी…

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा…

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र एकमात्रै विमानस्थल, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दैनिकजसो अबैध सुन तथा हिराको तस्करी हुन थालेको छ । यो पनि निक्कै अनौठो र फरक तौर तरिका अपनाएर । केही समयअघिसम्म विभिन्न धातुका भाँडा तथा सुटकेसमा फल्स बटम बनाई सुन तथा अन्य बहुमुल्य धातु तस्करी हुने गरेको भएपनि हाल आएर…

थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक आज थुनामुक्त भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिवाना लिएर जिल्ला प्रशासन कार्यालयले आज थुनामुक्त गराएको हो । जिल्ला प्रशासन कार्यालयमा पक्राउ परेका चिनियाँ नागरिकहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरको प्रतिवेदन काठमाडौं जिल्ला प्रशासनमा पेश गरिएको थियो ।…

सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार

०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास बैंकको झण्डै पाँच करोड रुपैयाँ लुट्ने लुटेरा समूहका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङ्ग जिल्लाको रंगेली नगरपालिकाका दिपक नेपाललाई काठमाडौंबाट प्रहरीले पक्रेको हो । उनले बैंकको प्रविधि विगारेर गलत ढंगले ५ करोड रुपैयाँ लुटेको अभियोगमा प्रहरीले पक्रेको हो…

उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

३ जनवरी, २०२०काठमाडौंमा उखु किसानले आन्दोलन गरेको करिब २ हप्ता पुग्न लागिसक्यो । पसिना बगाएर उत्पादन गरेको उखु उधारोमा चिनीमिललाई दिँदै आएका किसानहरुले महिनौैसम्म उखुको मुल्य भुक्तानी पाउने आशामा ‘साहु’को बाटो हेरे । तर दिन, हप्ता, महिनाहुँदै वर्षौलागिसक्दासमेत चिनीमिललाई दिएको उखुको रकम नपाएपछि उनीहरु ‘सरकारको शहरमा’ न्यायका लागि आइपुगेका हुन् । यसबीचमा उनीहरुले ‘बाउन्न ठक्कर,…

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको मौसम प्रतिकुल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी बायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाको आकाश यतिबेला बादलले ढाकेको छ । आज काठामडौंमा दिउँसो ३ बजेपछि पानी पर्ने बताइएको छ । यो क्रम रातीको ८ बजेसम्म जारी रहनेछ । राति पनि पानीको…

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा आफूहरुलाई पृथक र अब्बल विकास बैंकको रुपमा विकास गर्ने उद्घोष कामना सेवा विकास बैंकले गरेको छ । काठमाडौंमा आज बैंकले १३ औं वार्षिक साधारणसभाको अवसरमा गरेको कार्यक्रममा पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्र निक्कै प्रतिपर्धात्मक रहेको भन्दै ग्राहकको मन जित्नेगरी आफ्ना बैंकको सबै शाखाहरुबाट अत्याधुनिक, अब्बल र प्रविधिमैत्री…

महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो, मानिसहरु खोला वा नदी देखे भने फूलपाती वा अन्य केही बस्तु चढाएर ढोग्दथे । कञ्चन नदीमाथि बनाइएको झोलुङ्गेपूलको खम्बामा फूलपाती वा पैसा चढाएर नदी पार गर्ने अनि आफ्नो यात्राको सफलताको लागि ‘गंगा’सँग बरदान मागेको तपाईँमध्ये धेरैलाई अझै याद होला । त्यसो त अहिले पनि गाउँघरतिर खोला…

काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका कारण आज दिउँसो १ बजेपछि काठमाडौंको सुन्धारा क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । दिउँसो ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल भ्रमणवर्षको औपचारिक कार्यक्रमका कारण सुन्धारा आसपासका क्षेत्रमा अत्याश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ…

झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी वर्षका क्यालेन्डर आजदेखि फेरिएका छन् । सन् २०१९ औपचारिक विदाई तथा सन् २०२० औ स्वागतका लागि यतिबेला विश्वभर विभिन्न कार्यक्रम भै रहेका छन् । नेपालपूर्वका देशहरुमा भव्यरुपमा नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु भएका छन् भने नेपाल पश्चिमका युरोप, अमेरिका, क्यनडालगायतका देशमा नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रमहरु भैरहेका…

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा आधारित साामजिक सुरक्षा योजना लागू गर्न जारी गरेको निर्देशिका जर्बजस्ती लागू गर्न खोजिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुको माग सम्बोधन नगरी सामाजिक सुरक्षा योजना बैंक तथा वित्तीय क्षेत्रमा लागू गर्न खोजेको आरोप…

Top