Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको कोरोना भाइरसको परिवर्तित स्वरुप (भेरियन्ट)का संक्रमितहरु बेलायत र छिमेकी मुलुक स्टकटल्याण्डमा समेत भेटिएको छ । बिबिसीले जनाए अनुसार केही महिना अघि ब्राजिलमा भेटिएको कोरोना भाइरसका परिबर्तित स्वरुपसहितका संक्रमित बेलायत र स्कटल्याण्डमा आज एकैदिन फेला परेका हुन् । स्वास्थ्य अधिकारीहरुका अनुसार हालै ब्राजिलबाट फर्किएकाहरुमा गरिएको परिक्षणका क्रममा…
Best Khabar Team | २०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३ लाख भन्दा बढी मानिसको ज्यान लिने कोरोना भाइरसको उद्गम थलो चीन भएपनि चीनको बुहान शहरको प्रयोगशालाबाट यो भाइरस बाहिर आएको भन्ने हल्ला निराधार भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्ने अन्तर्राट्रिय आरोपपछि हालै विश्व स्वास्थ्य संगठनले…
Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक पोर्चुगलमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएपछि जारी लकडाउनलाई आगामी फेब्रअरी १५ सम्मका लागि विस्तार गरिएको छ । सरकारले देशव्यापी रुपमा लागू गरेको ‘कडा लडकडाउन’ कै बीच दैनिकरुपमा कोरोना संक्रमित तथा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आकासिँदै गएपछि सरकारले स्थिति अत्यन्तै गम्भीर बनेको निष्कर्षसहित लकडाउनको समयावधि थप गरेको हो…
Best Khabar Team | २०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना भाईरस प्रकोपमा राज्यको भूमिका प्रभावकारी नभएको जनगुनासो बढिरहेका बेला इटालीका प्रधानमन्त्रीले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । उनले आज यहाँका राष्ट्रपति सर्जियो मातारेलासमक्ष राजीनामा बुझाएका हुन् । इटलीले अहिले कोरोना भाइरसको दोश्रो लहरको सामना गरिरहेको छ । तर प्रधानमन्त्री जुसेप कोन्टे नेतृत्वको सरकारले आम नागरिकको जनजीवन…
Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले यतिबेला युरोपका अधिकांश देशको जनजीवन अस्तव्यस्त बन्न थालेको छ । कोभिड १९ को दोश्रो लहर (वेभ) का कारण युरोपका अधिकांश देशले आफ्नो देशभित्र फरक फरक प्रकृतिको प्रतिबन्ध लगाएका छन् । कतिपय देशले कोरोना संक्रमण फैलन नदिन भन्दै संकटकाल तथा कफ्र्युको घोषणा गरेका छन् । युरोपेली मुलुकहरुले…
Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा ७२ वर्षीय मार्सेलो रेबेलो दि सौसा चुनिएका छन् । हिजो सम्पन्न राष्ट्रपति चुनावमा आफ्ना ६ जना प्रतिद्वन्दीलाई पराजित गर्दै मार्सेलोले अत्याधिक बहुमतका साथ आगामी ५ वर्षको लागि राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गराएका हुन् । उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ रहेका लाखौं आप्रबासीहरु समेत…
Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका आप्रबासीहरु सवार डुंगा दुर्घटनामा पर्दा कम्तीमा ४३ जना आप्रबासीहरुको निधन भएको छ । लिबियाको एक प्रमुख शहर ट्रिपोली नजिकै पर्ने भूमध्यसागरमा भएको सो डुंगा दुर्घटनामा ४३ जनाको घटनास्थलमै मृत्यु भएको संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम)ले उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु कहाँका नागरिक हुन्…
Best Khabar Team | २०७७ माघ ४ गते आइतबार
१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक नामक कम्पनीले बनाएको कोरोना विरुद्धको खोप लगाएका २९ जना बृद्दबृद्धाको मृत्यु भएपछि नर्वे सरकारले विशेषज्ञहरुको सहयोगमा अनुसन्धान अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयलगायत विज्ञेषज्ञ चिकित्सक तथा खोप विज्ञहरुले मृतकमा भएको दीर्घरोग, खोप लगाउनुअघिको उनीहरुको अवस्था र त्यसपछिको परिवर्तनलगायतका विषयमा परिवारका सदस्य तथा उपचारमा संलग्न चिकित्सकसँग जानकारी…
Best Khabar Team | २०७७ माघ २ गते शुक्रबार
१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप लागेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यहाँका राजा विलेम अलेक्ज्याण्डर समक्ष राजीनामा बुझाएको नेदरल्याण्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीमाथि कानुन विपरित बालबालिकाको कल्याण कोषको नाममा विगत २०१० देखि…
Best Khabar Team | २०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ । आज डिसेम्बर २३ तारिखका दिन यहाँको लुसेर्न नामक शहरकी एक ९० वर्षकी बृद्धालाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएर औपचारिक रुपमा आम नागरिकमा खोप लगाउने अभियान शुरु गरिएको हो । अब जनावरी४ तारिखपछि आम नागरिकमा…
Best Khabar Team | २०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स र बेलायतबीच विगत ४८ घण्टादेखि सिमावर्ती क्षेत्रमा रोकिएका लरीहरुले गन्तव्यमा यात्रा भर्न पाउने भएका छन् । पछिल्ला केहीदिन यता बेलायतका विभिन्न शहरमा कोरोना भाइरस नयाँ र आक्रामक रुपमा फैलिएपछि फ्रान्स तथा बेलायतले सीमा क्षेत्रको आवागमनलाई आकस्मिक रुपमा रोक लगाएको थियो । यस्तै फ्रान्सलगायत युरोपका अधिकांश देशले…
Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा लक्षणसहितका संक्रमितको संख्या देखिएपछि लण्डनबाट युरोपका प्राय सबै देशमा हुने उडानहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । विगत केहीदिनयता बेलायतको दक्षिण पूर्वी क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा परेका र कडा प्रकृतिका लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि युरोपेली युनियनले यहाँबाट हने सबै यात्रुबाहक विमानहरु रोक्ने निर्णय गरेको हो…
Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत र युरोपसंग सिमाना जोडिएको रुसले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिन प्रयोग गर्नका लागि अनुमति पाएका छन् । यो सँगै यी दुबै देशले आगामी सातादेखि कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने भएका छन् । बेलायत कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) प्रयोग गर्नका लागि अनुमति दिने विश्वको पहिलो…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
पि.एल. तरंग०६ नोभेम्बर, २०२०लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम (विन्टर) शुरु भएसँगै कोरोना भाइरस संक्रमणको दर पुनः उच्च गतिमा फैलिएको छ । गर्मी महिना सकिएर चिसो शुरुभएसँगै अहिले युरोपका अधिकांश देशमा फेरि कोरोना भाइरसबाट संक्रमित तथा मृतकको संख्या तीब्र गतिमा बढ्न थालेको छ । गत फेब्रुअरी महिनाको अन्तिमदेखि युरोपेली मुलुकहरुमा कोरोनाको पहिलो लहर शुरुभएसँगै लाखौंले…
Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख २४ गते बुधबार) देखि हराईरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिको शव भेटिएको छ । बेलायतबाट प्रकाशित हुने समाचारहरुमा उल्लेख गरिएअनुसार स्थानीय बेन्टलीको काउन्टीबाट मे ७ का दिन बिहान १० बजे अन्तिमपटक पार्कमा दौडिइरहेका देखिएका मोरिसको शव ह्याम्पशायरको जंगलमा आज बेलायती प्रहरीले फेला पारेको हो…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top