समसामयिक राजनीति

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउनको समय थपगर्न सुझाव दिएको छ । आज समितिको बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्नका लागि लकडाउनको विकल्प नभएको भन्दै सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । समितिले कम्तीमा आगामी जेठ १५ सम्मका लागि…

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट मानिसको ज्यान गएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ८ दिनकी सुत्केरी (२९ वर्षकी महिला) को काभ्रेको धुलिखेलमा बिहीबार राति ज्यान गएको हो । परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बैशाख २३ गते प्रसुतीका लागि ती महिला काठमाडौको शिक्षण अस्पतालमा भर्ना भएकी…

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको पास लिएर त्यसको दुरुपयोग गर्ने क्रम बढेको ठहर गर्दै कोरोनाको जोखिम कम गर्नका लागि लकडाउनमा थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले आगामी जेठ ३ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सबै सवारी साधनको पास रद्द हुने निर्णय गरेसँगै लकडाउन थप कडा…

भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमका कारण हप्तौदेखि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने काम शुरु भएको छ । सरकारको निर्देशनमा स्थानीय निकायले पहलकदमी गरी रुपन्देही, कपिलबस्तु, भैरहवालगायतका स्थानका स्थानीयलाई भारतीय सिमावर्ती क्षेत्रबाट उद्दार गरेर ल्याउन थालिएको हो । आजमात्रै सुनौली नाकाबाट ६ सय भन्दा बढीको उद्दार गरिएको बताइएको छ…

कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार

१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन एउटा जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्नका लागि वितरण गरेको सबै सवारी पास रद्द भएको घोषणा गरेको छ । गृहमन्त्रालयले आज साँझ एक सूचना जारी गरी कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि सरकारले यसअघि वितरण गरेका सबै…

सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै

Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार

१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध रहेको देशका सबै अस्पतालहरुको ओपिडी सेवा पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । लकडाउनका कारण नियमित स्वास्थ्य चेकजाँच गर्न नपाएका आम सर्वसाधारणलाई मध्यनजर गर्दै मन्त्रालयले यो निर्देशन दिएको जनाएको छ । योसँगै सोमबारदेखि देशभरका अस्पतालहरुले आवश्यक सावधानी अपनाएर ओपिडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ…

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश मानसरोबर जोड्ने सडक एकतर्फीरुपमा सञ्चालन गरेको विरोधमा आजपनि विद्यार्थी संगठनले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बानेश्वरमा रहेको संसद भवन, माइतीघर र लैनचौरमा गरेको प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्रेको छ । एकतर्फी रुपमा सञ्चालनमा ल्याएको सो सडक लकडाउनको समयमा भारतीय…

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

Best Khabar Team | २०७७ भाद्र २० गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको तिब्बतस्थित कैलाश मानसरोबर जाने बाटो बनाएको भन्दै आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । लकडाउनको उल्लंघन गर्दै सत्ताधारी नेकपाका विद्यार्थी संगठनले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले विभिन्न ठाउँबाट ३० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले एकतर्फीरुपमा नेपालको दार्चुला जिल्लाको लिपुलेक हुँदै चीनको तिब्बतमा…

लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै…

जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनको समय अझै केही दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको समितिको बैठकले बैठकले तराईका जिल्लामा अहिलेपनि दैनिकजसो कोरोना संक्रमित देखिँदै आएको तथा छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै…

भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन

Best Khabar Team | २०७६ चैत्र २३ गते आइतबार

०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण नेपालमा पनि करिब डेढ महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण चैत्र देखि अहिलेसम्म विद्यालय तथा क्याम्पसहरु बन्द छन् । यही बीचमा केही निजी विद्यालय सञ्चालकहरुले लकडाउनको बेवास्था गरी आर्थिक संकलन गर्ने उद्देश्यले अनलाईनको कक्षा सञ्चालन गर्ने नाममा अभिभावकसँग रकम उठाउने चेष्टा गरिरहेका छन् ।…

भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०३ मे, २०२०काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतमा रहेको नेपाली दूतावासले गर्ने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लकडाउनका कारण भारतमा अलपत्र नेपाली मजदूर, विद्यार्थीलगायतको व्यवस्थापन गर्न भारतस्थित नेपाली दुतावासलाई निर्देशन दिने निर्णय गरेको हो । मन्त्रीपरिषद्को आजको बैठकमा कतिपय मन्त्रीहरुले भारतीय भूमि तथा नेपाल भारत…

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर सवारी साधन सञ्चालन गर्ने क्रम बढेको भन्दै सवारी पास नलिएका सवारी साधनलाई ठाउँका ठाउँ रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले पछिल्ला दिनहरुमा आफूखुसी गाडी सञ्चालन गरेर यात्रुहरुको ओसारपसार गर्ने क्रम बढेको र यसले कोरोना संक्रमणको जोखिम बढाएको निष्कर्ष सहित यो निर्णय गरेको हो । गहमन्त्रालयको यो…

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर गर्न खोजेको उजुरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको टोली केही दिनअघि आफ्ना सांसदलाई महोत्तरीबाट अपहरण गरिएको भन्दै उजुरी दर्ताको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर प्रहरीले महोत्तरीमा भएको अपहरणको घटनामा काठमाडौंमा उजुरी…

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परी हालसम्म विश्वभर २ लाख बढी मानिसले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएकोे करिब ४ महिनामा २ लाख मानिसले ज्यान गुमाएका हुन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी अमेरिकामा मानिसहरुले ज्यान गुमाएका छन् । यो…

Top