समसामयिक राजनीति

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परी हालसम्म विश्वभर २ लाख बढी मानिसले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएकोे करिब ४ महिनामा २ लाख मानिसले ज्यान गुमाएका हुन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी अमेरिकामा मानिसहरुले ज्यान गुमाएका छन् । यो…

दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय तथा घटनाहरु मध्यरातमा हुने गरेका छन् । यही राजनीतिक परम्पराले यसपटक पछि धेरै पछि पुनराबृत्ति पाएको छ । सिँगो देश तथा जनता एवं विश्व समुदाय कोरोनाको कहरबाट गुज्रिरहेका बेला नेपालका राजनीतिक दलहरु भने आफू अनुकुल हुने गरी शक्तिसञ्चयको अभियानमा जुटेका छन् । यही क्रममा आजराति मध्यरातमा…

‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ

Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न समयमा अफवाह फैलाएको आरोपमा प्रहरीले उपाध्ययलाई आज साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई जावलाखेल प्रहरी परिसारमा राखिएको प्रहरी स्रोतको दाबी छ । पछिल्ला केही सातायता उपाध्यायले फेसबुकमार्फत् विभिन्न खाले सामाजिक अफवाह फैलाएको प्रहरीको आरोप छ…

देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेको संख्या पाँच पुगेको छ । आजमात्रै धनगढीमा एक युवकले कोरोना संक्रमणलाई जितेका हुन् । उनी आजै साँझ अस्पतालबाट डिचार्ज भएका छन् । विगत एक महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३२ वर्षका ती युवकको लगातार गरिएको परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि आज…

शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पूर्वी नेपालको उदयपुरमा १२ जना र चितवनमा एकै परिवारका २ जना गरी थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये ८ जना भारतीय नागरिक छन् । उनीहरु उदयरपुरस्थित नुरी मस्जिदमा बस्दै आएकाहरु रहेका छन् । उनीहरु उदयपुरको…

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको आउजाउ रोक्न थप कडाई गरेको छ । सरकारको निर्देशनमा गृहमन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्नका लागि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि थप कडाई गर्नका लागि मातहतका निकायमा परिपत्र गरेको हो । गृहमन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् जिल्लामा रहेका सबै सुरक्षा निकायलाई परिपत्र…

नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’

Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) लाई मध्यनजर गर्दै आगामी बैशाख १५ गतेसम्मका लागि लकडाउन (बन्दाबन्दी) को समय लब्याउने निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या थपिँदै गएका कारण लकडाउनको समय थप्ने निर्णय गरेको हो । आजैमात्र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय ३…

‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सरकारले यसअघि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समयावधि थप्ने तयारीमा सरकार जुटेको छ । देशका विभिन्न भूभाग र विशेष गरी भारतीय सीमावर्ती क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले चौथोपटक कम्तीमा १ साताका लागि (बैशाख १०) सम्मका लागि लकडाउन गर्ने तयारी गरेको हो ।…

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पर्साको बीरगञ्जमा विगत ७ दिनदेखि उपचारत ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये एकजना भारतीय मुस्लिम धर्मका गुरु रहेको रहेको भएपनि उनको नाम खुलाइएको छैन…

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

Best Khabar Team | २०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले गरेको पूर्वतयारी मध्येको ‘लडडाउन’को समयावधि आगामी बैशाख ५ गतेपछि पनि थप हुने संकेत देखिएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेपछि नेपालले पनि लकडाउनको समयलाई बढाउने तयारी गरेको हो । यसका लागि सरकारले आज देशका सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत परामर्श…

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक नियोगका अबैतनिक महावाणिज्य दूतको सेवा सुविधा तत्कालका लागि खोस्ने निर्णय गरेको हो । हिजो मात्रै कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्रीको अबैध धन्दामा संलग्न शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल काठमाडौंमा पक्राउ परेसँगै सरकारले यो निर्णय गरेको हो । कीर्गिजस्तानका लागि अवैतनिक महावाणिज्य दूत रहेका अग्रवाल…

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।…

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि विगत २ सातादेखि लागू गरेको लकडाउनको समय एकसाता थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउनको समय जारी रहेकोले थप एकसाताका लागि लकडाउन थप गर्न लागिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने अहिले बालुवाटारमा जारी मन्त्रीपरिषद्को…

‘लकडाउन’मा थप कडाई

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि एक प्रदेशबाट अर्को प्रदेशमा आउजाउ गर्न कडाई गरिने भएको छ । हाल विशेष पास लिएर एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि अब सरकारको यो निर्णयसँगै लकडाउन थप कडाई हुने भएको छ । सरकारले एक प्रदेशबाट अर्को…

पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै आएका समाचारहरुमा सत्यता नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म पोखरामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक नभएको जनाएको छ । केही सञ्चारमाध्यमले पोखरामा भारतबाट फर्केका एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै नेपालमा सातौं…

Top