एसिया

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै विदेशी सैनिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ । हिजो बसेको इराकको संसदले अमेरिकीलगायत इराकमा तैनाथ सबै विदेशी नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको हो । पछिल्ला दिनहरुमा अमेरिकी सैनिकहरुको आक्रममा परी इरानी सैन्य कमान्डरको बग्दादमा मृत्यु भएपछि इराकको संसदले यो निर्देशन दिएको हो । आफ्नो…

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । मुखमा कालोपट्टी बाँधेर हतियारसहित विश्वविद्यालय परिसर घुसेका नाकावधारी समूहले आक्रमण गरेको हो । आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत करिब ३ दर्जन विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । आक्रमणकारीहरुले रड,…

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई आक्रमणका क्रममा इरानको विशेष सैन्य दस्ता (कुद्र्स फोर्स) का प्रमुख कासिम सुलेमानी मारिएका छन् । स्थानीय समयअनुसार गएराति इराकको राजधानी बग्दादस्थित हवाई अड्डामा भएको आक्रमणमा सुलेमानी मारिएका हुन् । अमेरिकी सरकारले यो घटनाको पुष्टि गर्दै हवाई आक्रमणका क्रममा सुलेमानी मारिएको स्पष्ट पारेको छ । अमेरिका पछिल्ला…

ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्थलसेनाका प्रमुखसमेत रहेका सेनापति सेन यि मिङ्गको आज बिहान उत्तरी ताईवानमा भएको हवाईजहाज दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा अरु ७ जनाको समेत ज्यान गएको छ । पहाडी क्षेत्रमा आकस्मिक अवतरणका क्रममा सो विमान दुर्घटनामा परेको…

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र कास्मिरमा सिमा सुरक्षामा खटिएका भारतीय सैनिक र पाकिस्तानी सुरक्षाफौजबीच भएको गोलाबारीमा एक नेपालीको ज्यान गएको छ । सो घटनामा ज्यान गुमाउनेमा भारतीय सेनामा कार्यरत नेपालको गोर्खा जिल्ला स्थायी घर भएका एक नेपाली भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतक नेपाली गोर्खाको दुर्गम रिप गाउँपालिकाका वडा नम्बर…

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । चालकदलका पाँच सदस्यसहित १ सय जना यात्रु बोकेर राजधानीका लागि उडेको सो विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । स्थानीय एक बारमा ठोक्किएर जहाज घरमा बज्रन पुगेको थियो । दुर्घटनामा केही भने जिवितै रहेका छन् । केही घाइतेको…

साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर पहिलो साता एउटा सनसनीपूर्ण समाचारहरु अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुको प्रमुख समाचारको विषय बन्यो । टर्कीमा रहेको साउदी अरेवियन दुतावासमा एकजना साउदी पत्रकारको हत्या भएको सो समाचारपछि यसको अन्र्तराष्ट्रिय स्तरमा ठूलै विरोध भयो । साउदीका पुराना तथा स्वतन्त्र विश्लेषण गर्ने पत्रकार जमाल खाशोज्जीलाई दुतावासभित्रै हत्या गरेको विषयमा तत्कालीन रुपमा…

नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा भारतको उत्तर प्रदेशमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका कारण विगत ३ दिनमा मात्रै भारतमा १४ जनाको ज्यान गएको हो । नागरिकता विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको कारबाहीमा उत्तर प्रदेशमा मात्रै १४ जनाको ज्यान गएको बताइएको । प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भएको प्रदर्शनका…

प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई थप उपचारका लागि भारत पु-याइएको छ । छोरी गंगा दाहाल तथा नेकपाका नेता मातृका यादवसहितको टोलीले सितालाई उपचारका लागि भारतको हरिद्वारस्थित योगगुरु रामदेवको आश्रममा पु-याएको हो । आफ्नी आमालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेव आश्रम पु-याइएको भन्दै छोरी गंगाले…

अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज साँझ शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ३ रेक्टरस्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिममा पर्ने जार्म प्रान्तमा रहेको छ । भूकम्पको धक्का पाकिस्तान र भारतकै केही भूभागमा समेत महशुस गरिएको बताइएको छ । जार्म प्रान्तको ५१ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको…

भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका स्थानमा चर्चिएको नयाँ नागरिकता सम्बन्धी काननुको विवादलाई मध्यनजगर नगर्दै विभिन्न क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको छ । दिल्ली, उत्तरप्रदेश, कनार्टकलगायतका केही ठाउँमा प्रदर्शनमा प्रविबन्ध लगाईको विविसीले जनाएको छ । यस्तै राजधानी दिल्लीका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ । दिल्लीका कतिपय स्थानमा मेट्रोरेलसेवा…

नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षकर्मी तथा प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । दिल्लीको सिलमपुरमा जारी झडपका क्रममा प्रहरीले चलाएको लाठी तथा अश्रुग्याँसबाट थुप्रै प्रदर्शनकारी घाइते बनेका हुन् । यस्तै प्रदर्शनकारीले हानेको ढुंंगा, इँटालगायतको प्रहारबाट झण्डै दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । विगत केहीदिनदेखि…

पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ । स्थानीय विशेष अदालतका ३ जना न्यायशीसको बेञ्चले उहाँमाथि राज्यद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुर्शरफ भने उपचारका क्रममा दुबईमा रहनुभएको छ । यही बेला लाहोरस्थित उच्च अदालतका उच्च न्यायाधीश संलग्न बेञ्चले…

Top