Archive

थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने

Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र आसपासमा रहेका छाप्रे टहराहरु हटाईने भएको छन् । विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेका पशुपतिनाथको दक्षिण, पूर्व तथा पश्चिम क्षेत्रमा रहेका फूलअक्षता तथा माला एवं अन्य सामग्री बेचविखन गर्ने टहराहरु आगामी शिवरात्रीपछि हटाईने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । क्षेत्र विकास कोषले तत्कालै…

चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको कोरोना भाइरसका कारण चीनमा आज (१८ फेब्रुअरी, २०२०) सम्म १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् । चीनको एक अस्पतालका निर्देशक नै कोरोनाको संक्रमणबाट ज्यान गुमाउन पुगेका छन् । चीनमा हालसम्म ७ जना स्वास्थ्यकर्मीले कोरोनाको कारण ज्यान गुमाईसकेका छन् । चिनियाँ स्वास्थ्य संगठनका अनुसार…

रोकियो स्ववियु चुनाव

Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ आगामी फागुन १४ गतेका लागि तय भएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले विशेष कारणबस स्थगित गर्नुपरेको जनाएको छ । त्रिविले आज एक विज्ञप्ति निकालेर फागुन १४ का लागि तय गरिएको स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नुपरको जनाएको…

पूर्वसभामुख महरा थुनामुक्त

Best Khabar Team | २०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आज महराको पक्षमा फैसला सुनाएपछि महरा जेलमुक्त भएका हुन् । अदालतमा बयानका क्रममा महराविरुद्ध जाहेरी दिने संसद सचिवालयकी कर्मचारी शाहीले महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएपछि महरा थुनामुक्त भएका…

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा काँग्रेस उपसभापति विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । ठगी र किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गर्न सहयोग गर्ने गच्छदारसमेत ४ पूर्वमन्त्रीसहित १७२ जना विरुद्ध आज महाराजगञ्जस्थित नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी…

दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द केजरीवाललाई नै मुख्यमन्त्रीको रुपमा पाएको छ । यहाँस्थित आमआदमी पार्टीका अध्यक्ष समेत रहेका केजरीवालले आज रामिला मैदानमा दिल्लीको मुख्यमन्त्रीको सपथ लिएका हुन् । योसँगै दिल्लीको मुख्यमन्त्रीको रुपमा केजरीवालले तेश्रो कार्यकालको सपथ लिएका छन् । दिल्लीका उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद र गोपनियताको सपथ दिलाएका थिए ।…

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न आएका एक चिनियाँ पर्यटकको कोरोना भाइरसका कारण ज्यान गएको छ । युरोपेली मुलुक फ्रान्सको पेरिस शहर घुम्न आएका चीनको हुबेई प्रान्तका ८० वर्षका ती चिनियाँ पर्यटक जनवरीको तेश्रो साता पेरिस अवतरण गरेका थिए । पेरिस आएलगत्तै उनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चिकित्सकहरुले विमानस्थलबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा…

चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा रहेका नेपालीहरुलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको हुवेइ प्रान्तलगायतका ठाउँमा अध्ययन तथा अन्य कामका लागि गएका नेपालीहरुलाई उद्दार गरी आज बिहान ४ बजे काठमाडौं ल्याईएको हो । उनीहरुलाई लिनका लागि नेपाल बायुसेवा निगमको विमान काठमाडौंबाट हिजो दिउँसो ४ बजे चीन…

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा रोकिएका नेपालीहरु नेपाल फर्केका छन् । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् करिब एक घण्टा अघि उनीहरु काठमाडौं फर्केका हुन् । यसरी फर्कने नेपालीहरुमा १ सय ७५ जना नेपालीहरु रहेका छन् । कुल १ सय ८५ जना नेपालीले उद्दारका लागि चीनस्थित नेपाली दुतावासलाई आग्रह गरेको भएपनि ६ जनाको शरीरमा…

प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषीले अब उन्मुक्ति नपाउने दाबी गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै विभिन्न बहानामा निर्मला पन्तको हत्याका उम्किइरहेपनि अब त्यो सम्भव नभएको बताएका हुन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १०…

Top