Best Khabar Team | २०७६ फाल्गुन १० गते शनिबार
२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक शुरु हुँदैछ । यही फेब्रुअरी २४ देखि शुरुहुने बैठकमा विश्वका विभिन्न राष्ट्रका परराष्ट्रमन्त्री तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । बैठकमा विश्वका विभिन्न देशको मावनअधिकारको पछिल्लो अवस्थाको बारेमा प्रतिवेदनहरु पेश हुनेछन् । विशेषत :…
Best Khabar Team | २०७६ फाल्गुन ९ गते शुक्रबार
२१ जनवरी, २०२० सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना भाईरसबाट एकजनाको ज्यान गएको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसबाट दक्षिण कोरियामा एकजनाले ज्यान गुमाएपछि यहाँका सरकारी अधिकारीहरुले नगर क्षेत्रभित्रका मानिसहरुलाई घरबाहिर ननिस्कन निर्देशन दिएका छन् । दक्षिण कोरियामा हालसम्म करिब १ सय जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । स्थानीय एक चर्चमा कोरोनाको…
Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा आज बिहान एउटा यात्रुबाहक बस विपरित दिशाबाट आइरहेको अर्को बससँग ठोक्किँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । सुनसरीको दुबहीबाट ३२ जना यात्रु लिएर राजस्थानका लागि गएको सो बस स्थानीय कन्याकुमारीबाट अघि बढ्ने क्रममा सालिम बेङ्गालुरु सडकखण्डको घुम्तीमा दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार…
Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा सेक्युरिटी प्रेस खरिदका विषयमा आफ्ना देशका कुनैपनि कम्पनी र त्यसका प्रतिनिधिले नेपालका सञ्चारमन्त्री गोकुल बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ । नेपालमै पासपोर्ट छाप्न ल्याईन लागिएको सेक्युरिटी प्रेस खरिदमा करोडौ कमिसनको चलखेलमा सञ्चारमन्त्री गोकुल बास्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्टबीचको वार्तालापको अडियो सार्वजनिक भएपछि दुतावासले यस्तो…
Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई छुट्टाछुट्टै शहरमा गएराति भएको गोलीकाण्डमा ज्यान गुमाउनेका संख्या ९ पुगेको छ । यद्यपि केही सञ्चारमाध्यमले भने घटनामा संलग्न आक्रमणकारी र उनकी आमासहित घटनामा ११ जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । जर्मनीको हानाउ सहरमा एक ४३ वर्षका आक्रमणकारीले स्थानीय एक क्लवमा गएराति ११ बजेतिर अन्धाधुन्द गोली…
Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सिंहदबारस्थित सञ्चार मन्त्रालयमा छापा मारेर सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा रहेको कागजपत्रमा शिलबन्दी गरेको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज साँझ सिंहदबारस्थित मन्त्री बास्कोटाको कार्यकक्षमा छापा मारेर त्यहाँ रहेका दराज तथा अन्य कागजातमा सिलबन्दी गरेको हो । अख्तियार…
Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको एक विवादस्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले आज पदबाट राजीनामा दिएका छन् । हिजो राति हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीको बाइलाइनमा सो अनलाईनमा सञ्चारमन्त्री गोकुल बास्कोले स्वीट्जरल्याण्डको एक कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रकम डिल…
Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रिय संगीतकर्मी संघले गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ काँस्की शाखाको बृहत्त…
Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२० शुरु भएको करिब २ महिनापछि युरोपेली मुलुक इटलीमा पनि यसलाई प्रबद्र्धन गर्न यहाँस्थित नेपालीहरुले कार्यक्रम गरेका छन् । इटलीको पर्यटकीय एवं ऐतिहासिक शहर मिलानमा नेपाल भ्रमणवर्षको औपचारिक उद्घाटन कार्यक्रम गरिएको बाणिज्य दुतावास इटलीले जानकारी दिएको छ । इटलीयन पर्यटकहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा स्वीट्जरल्याण्डस्थित नेपाली दुतावासको…
Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार
–रामचन्द्र पौडेल अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top