Archive

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण यतिबेला विश्वव्यापी बन्दै गएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर पौने १ लाख भन्दा बढी (यो समाचार तयार पार्दासम्म ७६ हजार ३ सय ८३ जना) को ज्यान समेत गै सकेको छ भने १० लाख भन्दा बढी संक्रमित बनेका छन् ।…

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।…

बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको अवस्था गम्भीर बनेको छ । कोरोनाको संक्रमण भएपछि आफ्नै निवासमा आराम गरिरहेका बोरिसको स्वास्थ्य विग्रँदै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई हिजो अस्पतालको आइसोलेसन कक्षमा राखिएर उपचार थालिएको थियो । तर त्यसको २४ घण्टा वित्न नपाउँदै उनको स्वास्थ्य जटिल बन्दै गएपछि…

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर पाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका महाप्रसाद अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम गर्भनरका लागि…

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ गतेसम्म हाल जारी रहेको लकडाउनको समय बढाउने निर्णय गरेको हो । यसअघि सरकारले ८ दिनका लागि थप गरेको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रीपरिषद्को बैठक बसेर लकडाउन दोश्रो पटक थप गर्ने…

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा कोरोना (कोभिड १९) को संक्रमण देखिएको छ । यहाँस्थित एउटा सदर चिडियाखानामा रहेको जंगली बाघमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । बीसीसीका अनुसार न्यूर्योकको ब्रोनक्स जु (चिडियाखाना) मा रहेको एउटा पोथी बाघमा कोरोनाको संक्रमण देखिएको छ । यो नै विश्वमै पहिलोपटक बाघमा देखिएको कोरोनाको संक्रमण…

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि विगत २ सातादेखि लागू गरेको लकडाउनको समय एकसाता थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउनको समय जारी रहेकोले थप एकसाताका लागि लकडाउन थप गर्न लागिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने अहिले बालुवाटारमा जारी मन्त्रीपरिषद्को…

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

Best Khabar Team | २०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता यता ४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो अमेरिकाको न्यूर्योकस्थित सन्नीसाईटमा बस्दै आएका थोक्मे विष्टको ज्यान गएको छ । ४८ वर्षका उनको सन्नी साईटस्थित अपार्टमेन्टमै मृत्यु भएको र स्थानीय स्वास्थ्यकर्मीहरुको टोली आएर उनको शव उठाएको थियो । विष्टको नेपालको स्थायी घर मुस्ताङ्ग जिल्ला भएको…

कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ । युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं…

‘लकडाउन’मा थप कडाई

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि एक प्रदेशबाट अर्को प्रदेशमा आउजाउ गर्न कडाई गरिने भएको छ । हाल विशेष पास लिएर एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि अब सरकारको यो निर्णयसँगै लकडाउन थप कडाई हुने भएको छ । सरकारले एक प्रदेशबाट अर्को…

Top