Archive

बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको अवस्था गम्भीर बनेको छ । कोरोनाको संक्रमण भएपछि आफ्नै निवासमा आराम गरिरहेका बोरिसको स्वास्थ्य विग्रँदै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई हिजो अस्पतालको आइसोलेसन कक्षमा राखिएर उपचार थालिएको थियो । तर त्यसको २४ घण्टा वित्न नपाउँदै उनको स्वास्थ्य जटिल बन्दै गएपछि…

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर पाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका महाप्रसाद अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम गर्भनरका लागि…

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ गतेसम्म हाल जारी रहेको लकडाउनको समय बढाउने निर्णय गरेको हो । यसअघि सरकारले ८ दिनका लागि थप गरेको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रीपरिषद्को बैठक बसेर लकडाउन दोश्रो पटक थप गर्ने…

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा कोरोना (कोभिड १९) को संक्रमण देखिएको छ । यहाँस्थित एउटा सदर चिडियाखानामा रहेको जंगली बाघमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । बीसीसीका अनुसार न्यूर्योकको ब्रोनक्स जु (चिडियाखाना) मा रहेको एउटा पोथी बाघमा कोरोनाको संक्रमण देखिएको छ । यो नै विश्वमै पहिलोपटक बाघमा देखिएको कोरोनाको संक्रमण…

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि विगत २ सातादेखि लागू गरेको लकडाउनको समय एकसाता थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउनको समय जारी रहेकोले थप एकसाताका लागि लकडाउन थप गर्न लागिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने अहिले बालुवाटारमा जारी मन्त्रीपरिषद्को…

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता यता ४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो अमेरिकाको न्यूर्योकस्थित सन्नीसाईटमा बस्दै आएका थोक्मे विष्टको ज्यान गएको छ । ४८ वर्षका उनको सन्नी साईटस्थित अपार्टमेन्टमै मृत्यु भएको र स्थानीय स्वास्थ्यकर्मीहरुको टोली आएर उनको शव उठाएको थियो । विष्टको नेपालको स्थायी घर मुस्ताङ्ग जिल्ला भएको…

कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ । युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं…

‘लकडाउन’मा थप कडाई

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि एक प्रदेशबाट अर्को प्रदेशमा आउजाउ गर्न कडाई गरिने भएको छ । हाल विशेष पास लिएर एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि अब सरकारको यो निर्णयसँगै लकडाउन थप कडाई हुने भएको छ । सरकारले एक प्रदेशबाट अर्को…

बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप ९ जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको छ । यहाँका सञ्चारमाध्यमले दिएको जानकारी अनुसार स्थानीय साल्मावादस्थित एउटा क्याम्पसमा बस्ने ९ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । करिब ४ सय जना बसोबास गर्दै…

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप तीन जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो । यसअघि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आज थप तीनजना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको…

Top