Archive

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

Best Khabar Team | २०७७ आश्विन १८ गते आइतबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै आएका मध्ये १२ जना नेपालीमा हालसम्म कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको पुष्टि भएको छ । यहाँस्थित सरकारी निकायहरुले जारी गरेको विज्ञप्ति अनुसार भारतको बैंगलोर, नयाँदिल्ली र मुम्बईलगायतका स्थानमा बस्दै आएका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । भारतको बैंग्लोर बस्दै आएका बझाङ्गका एक महिला र एक…

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

Best Khabar Team | २०७७ आश्विन १८ गते आइतबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको बुहान प्रान्तमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । डिसेम्बर…

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएलगत्तै चीनले नेपालसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका गएको माघको तेश्रो सातादेखि तत्कालका लागि बन्द गरेको थियो । नेपालमा अत्यावश्यकीय स्वास्थ्य साम्री आपूर्ति गर्नका लागि सो नाका सञ्चालनमा ल्याइएको हो । त्यसका लागि नाकामा विश्व स्वास्थ्य…

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९ को डिसेम्बरको दोश्रो सातामा चीनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेलाका विश्वका प्रायः सबै देशहरुमा फैलिइसकेको छ । कतिपय देशमा भर्खरै कोरोनाको संक्रमण देखिन थालेको छ भने कतिपय देशहरुमा कोरोनाले ठूलो जनधनको क्षति पु-याईसकेको छ । त्यसो त कोरोनाका कारण विश्वका प्रायः…

बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार

०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को संक्रमणमा परी बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । नेपालको पर्वत जिल्ला घर भै लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक समेत रहेका चेतप्रसाद गुरुङ्गको हिजोसाँझ यहाँस्थित अस्पतालमा निधन भएको हो । उनी तमु धीं बेलायत अन्र्तगत लण्डन इकाइएका बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए । विगत…

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक नियोगका अबैतनिक महावाणिज्य दूतको सेवा सुविधा तत्कालका लागि खोस्ने निर्णय गरेको हो । हिजो मात्रै कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्रीको अबैध धन्दामा संलग्न शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल काठमाडौंमा पक्राउ परेसँगै सरकारले यो निर्णय गरेको हो । कीर्गिजस्तानका लागि अवैतनिक महावाणिज्य दूत रहेका अग्रवाल…

मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

Best Khabar Team | २०७७ असार २० गते शनिबार

०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण भयाबहको रुपमा फैलँदै गएको छ । जसका कारण अमेरिकामा पछिल्लो केहीदिन यता दैनिक १ हजार भन्दा बढीको ज्यान जान थालेको छ । सोमबार र मंगलबारको तथ्यांकलाई मात्रै आधार बनाउने हो भने पनि अमेरिकामा यी दुईदिन अर्थात् पछिल्लो ४८ घण्टामा २ हजार ६ सय भन्दा बढीको ज्यान…

फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०७७ असार २० गते शनिबार

०७ अप्रिल २०२० पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका कारण मानिसहरुको हताहतिको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्रै फ्रान्समा कोरोनाका कारण १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । कोरोना सम्बन्धी प्रत्यक्ष जानकारी अपडेट गर्ने वल्डोमिटर्स डटकमले मंगलबार स्थानीय समय अनुसार साँझ साढे ८ बजे जारी गरेको तथ्यांक अनुसार मंगलबारमात्रै थप ११…

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

Best Khabar Team | २०७७ असार २० गते शनिबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण यतिबेला विश्वव्यापी बन्दै गएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर पौने १ लाख भन्दा बढी (यो समाचार तयार पार्दासम्म ७६ हजार ३ सय ८३ जना) को ज्यान समेत गै सकेको छ भने १० लाख भन्दा बढी संक्रमित बनेका छन् ।…

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

Best Khabar Team | २०७७ असार २० गते शनिबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।…

Top