Archive

पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान अवतरणको क्रममा बस्तीमा खस्दा विमानमा सवार ११ जनाको ज्यान गएको छ । सो विमानमा सवार चालक दलका ८ सदस्यसहित बाँकी ८८ जनामध्ये धेरैको अवस्था गम्भीर रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दएका छन् । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान अन्र्तराष्ट्रिय एयरलाईन्स (पिआइए) को सो विमान कराँचीको जिन्नाह विमानस्थलमा अवतरण…

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बैतडी र डडेलधुरामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र कैलाली जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको…

ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो केही महिनायता फैलिएको कोरोनाका कारण अहिले अमेरिका र रसियापछि ब्राजिल विश्वको तेश्रो कोरोना ‘इपिसेन्टर’ बनेको छ । ब्राजिल कोरोना संक्रमितको हिसावले विश्वमा सबैभन्दा बढी संक्रमितमध्येको तेश्रो नम्बरमा आएको कोरोना भाइरससम्बन्धी प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमले जानकारी राखेको छ । यसअघि यो सूचीमा स्पेन रहेको…

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । आज सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीमा ३, नवलपरासी पूर्वमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।…

२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको दरले चलेको चक्रवात आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्यमा कम्तीमा १० जनाको ज्यान गएको छ । वर्षात्सँगैको आँधीका कारण सडक र घर छेउका रुखहरु लड्दा ती रुखहरुले च्यापिएर र आँधीले उडाएका अन्य भौतिक संरचनाले लागेर उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।…

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले स्वीकार्न नसकिने बताएको छ । नेपाल सरकारले भारतले विगतमा हड्पेको लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्रको भूमिसमेतलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको केहीघण्टा वित्न नपाउँदै भारतले औपचारिक रुपमा यस्तो प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयले नेपालले भारतसँग छलफल नगरी जारी…

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण र जारी लकडाउनकैबीच आन्तरिक हवाई उडान खुल्ला गर्न लागेको छ । चारदिनपछि अर्थात् आगामी मे २५ बाट लागू हुने गरी भारतले देशभर सञ्चालित हवाई उडानलाई पूर्ववत अवस्थामा खुल्ला गर्न लागेको यहाँका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीको भनाई छ । भारतले केही क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाएर…

जेठ ३१ (जुन १३) सम्म नेपालको सबै आन्तरिक र बाह्य हवाई उडान तथा छिमेकी देशसँगको नाका बन्द

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले यसअघि लगाएको हवाई तथा सिमा नाकामाथिको प्रतिबन्धको समय थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आगामी जेठ ३१ गते (अर्थात् १३ जुन, २०२०) सम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विश्वका अधिकांश देशमा अहिलेपनि कोरोनाको संक्रमण जारी…

‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको भूमिलाई समेत समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेनमार्फत् नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा विगतमा नेपालको भूमि भएपनि भारतले कब्जा गरेर संरचना बनाएको तथा उनीहरुको देशको नक्सामा राखेको नेपाली भूमि लिपुलेक,…

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट ग्रसित भै बुटबलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको समाचारको अस्पतालले खण्डन गरेको छ । क्रिमसन अस्पतालले आज अपरान्ह एक विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका एक पुरुषको उपचारको क्रममा निधन भएको भन्दै नेपालका केही नाम…

Top