Archive

क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा नाका थप एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । अमेरिका र क्यानडा दुईदेबीच सरकारी स्तरमा भएको सहमति अनुसार आगामी जुन २१ तारिखसम्मका लागि दुबै देशको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडा सरकारले आफ्नो आधिकारिक वेवसाईटमा उल्लेख गरेको छ । कोरोना भाइरस (कोभिड १९) को…

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुरमा ५ जनासहित देशका विभिन्न जिल्लामा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उनीहरुको सम्कर्पमा…

सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका करिब ४५ लाख युवा युवतीलाई तत्काल नेपाल फिर्ता ल्याउन असम्भव भएको बताएका छन् । नेपालसँग विद्यमान रहेको साधनस्रोत (विशेषतः हवाईजहाज र क्वारेन्टाइन बनाउने जनशक्ति) ले विदेशबाट आएकाहरुलाई अहिलेको महामारीमा व्यवस्थापन गर्न असहज हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारसँग इच्छा शक्ति भएपनि तत्काल उनीहरुलाई फिर्ता ल्याउन नसकिने…

भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने भन्दै अब अतिक्रमित भूमि पनि नेपालको पक्षमा ल्याएरै छाड्ने स्पष्ट पारेका छन् । उनले संसदमा आज नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रिय हितका लागि आफू कसैको दबाबमा नपर्ने स्पष्ट पारेका छन् ।…

कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दैलख जिल्लाको आठबीसकोट, १ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने पहिलो व्यक्ति हुन् । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका…

कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा र सुविधाको हिसावले ‘पाँचतारे उपाधी’ पाएको विमान उडान कम्पनी कतार एयरले विश्वभर कोरोनाका विरुद्ध अग्रमोर्चामा रहेर विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क रुपमा हवाई उडान गराउने भएको छ । विश्वका स्वास्थ्यकर्मीलाई एयरलाईन्सले १ लाख टिकट निःशुल्करुपमा उपलब्ध गराउने अभियान थालेको हो । गत मे १२ तारिखका दिन…

फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले भारतले विगतमा अतिक्रमण गरेको भूमिलाई समेत नेपाली भूभागमै समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भारतले विगतमा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरासहितको भूभागलाई समावेश गरेर नयाँ नक्सा निर्माण गर्ने निर्णय गरेको हो ।…

धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत गरी देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै…

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना औषधी व्यवसायीको हत्याको प्रमुख योजनाकार उनकी श्रीमती रहेको तथ्य सार्वजनिक भएको छ । पूर्वी नेपालको सुनसरी घर भएका व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकी श्रीमती मिना श्रेष्ठ र उनका प्रेमी ब्रह्मदेव साहको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साहको घर सिराह जिल्ला रहेको बुझिएको…

अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती अर्थात अमेरिकन आइडलको उपविजेतामा नेपालका दिवेश पोखरेलले आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । स्थानीय समयअनुसार गएराति सम्पन्न फाइनल राउन्डको प्रतियोगितामा पोखरेल उपविजेता बनेका हुन् । प्रतियोगिताको विजेताको उपाधी जस्ट स्याम नामक अमेरिकी गायिकाले जितेकी छन् । भोटिङ्को आधारमा जस्टले पहिलो र दिवेशले दोश्रो स्थान…

Top