Archive

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा कोराना संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४ वटा नगरपालिकाका थप २२ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकामा बस्ने उनीहरुमा कोरोना देखिएको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । जिल्लाको देवाही गोनाही…

संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ह्वात्तै बढेपछि दक्षिण अमेरिकी मुलुक ब्राजिल विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित मुलुक बन्न पुगेको छ । यसअघि अमेरिका, रसिया पछि बाज्रिल विश्वकै तेश्रो बढी संक्रमित मुलुक बनेको भएपनि अहिले ब्राजिलले रसियालाई समेत जितेर विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा उक्लिएको छ…

कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २ महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान आज बिहानदेखि सूचारु भएको छ । विमानमार्फत यात्रुहरु एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा सहजै कोरोना भाइरसपनि फैलिएको विश्वव्यापी तथ्यलाई आत्मसाथ गर्दै भारतले गएको मार्च अन्तिम साता (२५ तारिख) देखि आन्तरिकलगायतका उडानसेवा बन्द गरेको थियो । कोरोनाका नयाँ संक्रमित तथा ज्यान…

बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले कोरोनाकै कारण बन्द भएका होटल तथा अन्य सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने तयारी थालेको छ । फलस्वरुप काठमाण्डौं उपत्यकालगायत देशका प्रमुख शहरी क्षेत्रमा रहेका ५ दर्जन बढी होटल तथा अन्य सार्वजनिक संरचनाहरुलाई लिस्टिङ्ग गरेर आवश्यक पर्ने सामग्री उपलब्ध…

‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिम अझै केही समयसम्म जारी रहनसक्ने भन्दै यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् । उनले आज राष्ट्रको नाममा सम्बोधन गर्दै विश्वव्यापी असर हेर्दा नेपालमा पनि कोरोना भाइरस अझै केही समय सक्रिय रहन सक्ने सम्भावना रहेको भन्दै यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा…

२ घण्टा नाका खुल्दा साढे २२ सय नेपाल भित्रिए, चेकजाँच र क्वारेन्टाइन बसाई स्थानीय प्रशासनको लागि चुनौतीपूर्ण

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत सीमावर्ती गौरीफन्टा नाका आज २ घण्टाका लागि खुल्ला गरिएकोमा झण्डै २ हजार २ सय ५० जना भारतीय भूमिबाट नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपारन्ह १२ बजेसम्म घण्टा नाका खोलिँदा २२ सय ५० जना नेपाल भित्रिएका…

त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा रोकिएका र तत्काल युरोपलगायतका आपसासका मुलुकमा आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई लक्षित गरी कतार एयरलाईन्सले यही मे को अन्तिम साता एउटा चार्डर उडान गर्दैछ । काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सो चार्टर उडान कतारको राजधानी दोहा हुँदै फ्रान्सको राजधानी पेरिससम्मको हुनेछ । काठमाडौंमा रहेको फ्रान्सेली दुतावास र प्रेसिडेन्ड…

नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते उपचारका क्रममा निधन भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा ज्यान गुमाएका व्यक्तिको दाहसंस्कार गरेको ८ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको नशनल मेडिकल कलेज वीरगञ्जले जनाएको छ । सोही कलेजमा उपचारका क्रममा रहेका बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ७ का ७० वर्षका…

काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा २ र बुढानिलकण्ठ नगरपालिकामा एकसहित देशभर थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार अब देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार काठमाडौंको…

नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान

Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार

२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय…

Top