Archive

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर गर्दै अगामी असार १६ गते मंगलबार अर्थात् जुन ३० तारिख सम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले सम्भावित कोरोना जोखिमलाई मध्यनजर गर्दै यसअघि लगाईँदै आएको विमान उडानमाथिको प्रतिबन्धको समयलाई थप्ने निर्णय गरेको हो…

लकडाउन जेठ ३२ सम्म लम्बियो

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि भन्दै जारी गरेको लकडाउन आगमी जेठ ३२ गतेसम्मका लागि जारी राख्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण तत्काल लकडाउन खोल्न नसक्ने निर्णयसहित लकडाउन जेठ ३२सम्मका लागि बढाउने निर्णय गरेको हो । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि यही…

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी लकडाउन आगामी जुन ३० सम्मका लागि थपिएको छ । तर लकडाउनको समय थपिएपनि सरकारले तोकको मापदण्डलाई पालन गरेर जनजीवन सहज गर्नका लागि केही सर्त लागू गरिएको छ । नयाँ घोषणा अनुसार आगामी सातादेखि लकडाउनको अवस्थामा केही सहजता आउने भएको छ । अति प्रभावित बाहेकका अन्य राज्यमा…

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका एक युवकको आज दिउँसो ध्यान गएको छ । जिल्लाको दुल्लु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नपा ११ का ३५ वर्षका युवकको आज दिउँसो एक्कासी लडेको र त्यसको केही समयपछि नै ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब…

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा…

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै अहिले सो राज्यमा व्यापक प्रदर्शन भै रहेको छ । गत सोमबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा भिडियो र तस्वीरमा एकजना प्रहरी अधिकारी सडकमा एकजना अस्वेत नागरिकलाई सडकमा लडाएर घुँडाको सहायताले ती व्यक्तिको घाँटी थिचिरहेका देखिन्छन् । लामो समयसम्म घाँटीमा थिचेको कारण स्वासप्रश्वासमा…

भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ । हरियाणा राज्यको रोहतक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ दशमलव ६ रेक्टर स्केलको सो भूकम्पको धक्का १० सेकेन्डसम्म महशुस गरिएको थियो । भूकम्पको धक्का हरियाणाका अलावा राजधानी नयाँदिल्ली, नोयडा, गाजियाबाद, पञ्जावलगायतका स्थानमा महशुस गरिएको थियो ।…

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २…

प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का कारण विश्वका विभिन्न देशमा रोकिएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन सरकारले गृहकार्य अघि बढाएको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले भारत बाहेक अन्य मुलुकमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा कार्ययोजना पारित गरेर मुख्यसचिव नेतृत्वको समितिलाई अन्तिम निर्णय गर्ने जिम्मेवारी दिएको छ…

पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त प्रभावका कारण काठमाडौंलगायत आपसापसका जिल्लामा तीन दिनसम्म निरन्तररुपमा वर्षात् हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि अहिले अवस्थामा पश्चिमी बायुको भन्दा पनि स्थानीय बायुको प्रभाव बढी हुने समय भएको भन्दै महाशाखाले दुबै बायुको प्रभावको संयुक्त परिणाम ७२ घण्टासम्म निरन्तर रुपमा वर्षात्को सम्भावना…

Top