Archive

पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक पोर्चुगलका विभिन्न स्थानमा पानीसँगै आएको हावाहुरीले दर्जनौं स्थानमा रुखहरु लडाएको छ । रुखहरु लड्दा कतिपय ठाउँमा बाटोहरु अवरुद्ध बनेको छ भने कतिपय स्थानीयको घर रुखले च्यापेको छ । स्थानीय नागरिक सुरक्षा अधिकारीका अनुसार राजधानी लिस्बोनसहित देशका प्राय सबै क्षेत्रको मौसम अपरान्हदेखि विग्रेको हो । यो अवस्था…

विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालकी अनिला श्रेष्ठ सहभागी हुँदै (फोटोफिचर सहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ । अनिलाले अब चीनको ग्वान्जोमा आगामी यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि…

बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अझै एक महिना थुनामै राखेर मुद्दाको सुनुवाई गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतको यो आदेश सँगै महरा थप एक महिना जेलमै रहने भएका छन् । जिल्ला अदालत काठमाण्डौैंंले गत कार्तिक १८ गते दिएको आदेशलाई…

झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग गरी कर छलेको आरोपमा कोलड्रिंक उत्पादक कम्पनी वरुण वेभरेज विरुद्ध मुद्दा दायर भएको छ । विशेषतः बहुराष्ट्रिय उत्पादन पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध ६४ करोड रुपैयाँ राजश्व छलि गरेको आरोपमा मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागले विभागले वेभरेजका सञ्चालक अमित गुप्ता, तथा पूर्व सञ्चालकहरु…

राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा निर्माण भएको पोखराको रत्न मन्दिर अब सर्वसाधारणको लागि खुल्ला गरिँदैछ । मुलुकमा राजतन्त्रको अन्त्य भएको एक दशकपछि रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो मन्दिर सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । राजतन्त्रका…

डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर २१ मिनेटसम्म सूर्यग्रहण लाग्ने ज्योतिषहरुले बताएका छन् । विहानको समयमा सूर्यग्रहण हुँदा यसको असर धेरै रहने बताइएको छ । सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र…

भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका स्थानमा चर्चिएको नयाँ नागरिकता सम्बन्धी काननुको विवादलाई मध्यनजगर नगर्दै विभिन्न क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको छ । दिल्ली, उत्तरप्रदेश, कनार्टकलगायतका केही ठाउँमा प्रदर्शनमा प्रविबन्ध लगाईको विविसीले जनाएको छ । यस्तै राजधानी दिल्लीका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ । दिल्लीका कतिपय स्थानमा मेट्रोरेलसेवा…

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार भारतीय नम्बर एस के ०१ पिबी ३०६८ नम्बरको यात्रुबाहक जीप जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर…

डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह र कार्यक्रम प्रस्तोता सोनियाबीचको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा पटक पटक विभिन्न कोणबाट समाचार आइरहेका बेला एकपटक फेरि पारस र सोनियाँ सँगै देखापरेका छन् । उनीहरुले पर्यटकीय नगरी पोखरामा पुगेर फेवातालमा सँगै डुँगा सयर गर्दै कुराकानी गरेका छन् । हामीले उनै सोनियाँको फेसबुक पेजबाट लिएको यो भिडियो…

नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको अमेरिका प्रतिको क्रेज बढ्दै गै रहेको छ । डिभी भरेर होस् वा पर्यटक भिषामा अमेरिका छिरेर होस् अमेरिकामै सुन्दर भविष्य खोज्दै वर्तमानमा कडा संघर्ष र मेहनत गरेर यतै रुमलिनेहरुको संख्या बाक्लो छ । यही सपना साँचेर देखेर अबैधरुपमा अमेरिका छिरेका ५ नेपाली युवालाई अमेरिकाको अध्यागमन विभागले…

Top