Archive

हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण

Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा ‘बेलासे’ को अभियनमा खेल्ने कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । केहीसातादेखि कोरोना संक्रमण देखिएपछि कार्की अर्थात् ‘बेलासे’ अहिले लण्डनस्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् । विगत २ वर्षदेखि लण्डनमा सुरक्षासम्बन्धी एक कम्पनीमा काम गर्दै आएका उनलाई पसलमा सामान लिन जाँदा अरुबाट संक्रमण फैलिएको आशंका…

क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् । बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…

रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

Best Khabar Team | २०७७ बैशाख १६ गते मंगलबार

२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता पुगेका रौतहटका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका रतनथान यादव (नाम परिवर्तन) ले सरकारले तोके अनुसार १४ दिनको क्वारेन्टाइन स्थानीय चन्द्रपुरमा विताए । घर परिवारलाई पाल्नका लागि रोजगारी गर्नु रतननाथको बाध्यता थियो । त्यसैले उनले भारत जाने सोच बनाए । अनि विगत २ वर्षदेखि उनी भारतमै मजदुरी…

विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका एक व्यक्तिको शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि जलाईरहेको शव नै बगाएको छ । सो घटनाको विषयमा खिचिएको भिडियो यतिबेला फेसबुकमा भाइरल भएको छ । शव जलाउँदै गर्दा एक्कासी माथिबाट फाकखोलामा धमिलो पानीसहित खोलाको शतह बढेपछि जलाउँदै गरेको शव पनि खोलाले बगाएर लगेको छ ।…

‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट हजारौंको ज्यान गएको युरोपेली मुलुक इटलीले चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने तयारी गरेको छ । इटलीले आगामी मेबाट लागुहुनेगरी विभिन्न क्षेत्रमा निश्चित मापदण्ड र सुरक्षा सावधानी अपनाएर लकडाउन खुकुलो गर्न लागेको हो । गएको फब्रुअरी दोश्रो हप्तादेखि इटलीमा कोरोना संक्रमण देखिएको भएपनि फेब्रुअरी…

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर सवारी साधन सञ्चालन गर्ने क्रम बढेको भन्दै सवारी पास नलिएका सवारी साधनलाई ठाउँका ठाउँ रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले पछिल्ला दिनहरुमा आफूखुसी गाडी सञ्चालन गरेर यात्रुहरुको ओसारपसार गर्ने क्रम बढेको र यसले कोरोना संक्रमणको जोखिम बढाएको निष्कर्ष सहित यो निर्णय गरेको हो । गहमन्त्रालयको यो…

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले समाचारहरुलाई खण्डन गर्दै दक्षिण कोरियाले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरेको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले उल्लेख गरे अनुसार राष्ट्रपति किमका बारेमा आएका विभिन्न खाले समाचारहरुमा कुनै सत्यता नभएको भन्दै दक्षिण कोरियाले उनी सामान्य अवस्थामा रहेको दाबी गरेको हो ।…

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन कोरोना संक्रमणको पुष्टि भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले एक महिनामा कोरोनालाई जितेका छन् । कोरोना संक्रमणमा परी शुरुको २ साता घरमै क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री बोरिस अप्रिलको दोश्रो साता चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका थिए । अप्रिलको दोश्रो साता लण्डनको सेन्ट थोमस अस्पतालमामा उपचारार्थ भर्ना भएका…

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि नेपालसँग सीमा जोडिएका छिमेकी चीन र भारतको सिमावर्ती क्षेत्रमा आवागमन रोक्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुबै देशमा कोरोना संक्रमण जारी रहेको भन्दै चीन र भारतसँगको सीमावर्ती क्षेत्रमा गाडी तथा मानिसको आवागमन रोक्ने निर्णय गरेको हो ।…

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको छ । गत चैत्र ५ गतेदेखि शुरुभएको लकडाउनको समयावधि सकिन ३० घण्टाभन्दा कम समय बाँकी रहेका बेला आज पाँचौपटक थप गरी आगामी बैशाख २५ गतेसम्मका लागि कायम गरिएको हो । आज साँझ बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि…

Top