Archive

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर जारी लकडाउनको समयदेखि आगामी दिनमा विद्यालय नखुल्दासम्म कुनैपनि शैक्षिक शुल्क नलिन मागगर्दै सरकार समक्ष विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लाका निजी विद्यालयले लकडाउनको समयको पनि शुल्क माग्न थालेको जानकारी सार्वजनिक भएसँगै नेपाल विद्यार्थी संघले सरकार समक्ष तत्काल यस्तो कार्य रोक्न मागगर्दै…

बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २ सय ५९ जना यात्रु लिएर नेपाल बायुसेवा निगमको चार्टर उडान काठमाडौं प्रस्तान गरेको छ । नेपाल बायुसेवा निगमको वाईड बढीको सो विमान यहाँ रोकिएका नेपाली विद्यार्थी तथा अन्य काम विशेषले बंगलादेशमा रहेका नेपालीहरुलाई लिएर काठमाडौंको लागि उडेको हो । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको सो…

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको दुर्लुङ्गमा गएराति वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि हिजो राति अबेरसम्म २ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको बताइएपनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गरेको खोजी तथा उद्दार कार्यमा आज मध्यान्हसम्म थप ६ जनाको शव भेटिएको छ । पर्वतको…

पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै जोडिएको दुर्लुङ्गमा केहीबेरअघि भीषण पहिरो गएको छ । करिब २ घण्टाअघिदेखि शुरुभएको भारी वर्षासँगै गएको पहिरोमा परेका कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गमा २ वटा घरहरु बगाएको स्थानीयले बताएका छन् । दुर्लुङ्गको सरनचौरमा रहेको स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुर्दा कम्तीमा ९ जना…

चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण खाडीलगायतका केही युरोपेली राष्ट्रमा रोकिएका नेपालीलाई उद्दार गर्ने नेपाल बायुसेवा निगमले हवाई भाडा घटाएको छ । रोजगारी गुमाएर तथा अन्य विभिन्न समस्या परेर नेपाल फर्कन लागेका बेला निगमले चर्को भाडाासहितको उडान तालिका सार्वजनिक गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । उद्दारको पर्खामा रहेका…

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित तयार भएको नेपालको नयाँ नक्सालाई समावेश गरेर तयार पारिएको नयाँ निसान छाप पारित गर्नका लागि आज प्रतिनिधिसभा भएको मतदानमा केही सांसदहरु अनुपस्थित रहेका थिए । नयाँ निसान छाप पारित गर्नका लागि भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा विभिन्न राजनीतिक दलसम्बद्ध १२ जना सांसदहरु अनुपस्थित भएका हुन् ।…

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा र निसान छाप संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । यसअघि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर जारी गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाले पारित गरेको हो । संशोधनको पक्ष र विपक्षमा प्रतिनिधिसभाका सदस्यहरुबीच मतदान भएको थियो । संशोधनको पक्षमा २५८…

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा कोरोना संक्रमितहरु थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै…

चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । तर विगतमा चीनको बुहान प्रान्तमा कोरोना संक्रमण देखिएको भएपनि अहिले राजधानी बेइजिङ्गबाट दक्षिणी क्षेत्रमा कोरोना संक्रमण देखिएको हो । राजधानी बेइजिङ्गबाट दक्षिणभागमा रहेको ‘सिनफादी’ नामक क्षेत्रको एउटा माुसबजारमा कार्यरत केही कामदारमा कोरोना देखिएपछि परीक्षणको दायरा बढाईको थियो…

एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो

Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार

१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लाका विभिन्न भागमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ५ हजार ६२…

Top