काठमाडौं उपत्यका

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टायता गरिएको परीक्षणका क्रममा थप ६ सय ३ जनामा कोरोना देखिएको हो। यस्तै गएको सोमबार यता देशभर १३ हजार…

२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत कोरोना संक्रमण देखिएको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । देशका विभिन्न प्रदेशमा अहिले उच्च दरमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङ्गका क्रममा प्रस्तुत गरेको…

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट चीन सरकारको अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको बीर अस्पताललगायतका अस्पतालबाट थप अर्को चरणमा कोरोनाको खोप लगाउन शुरु गर्न लागिएको हो । यसअघि भारत सरकारको सहयोगमा प्राप्त कोरोना खोपलगाएर पहिलो पटक नेपालले कोरोना…

काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य

Best Khabar Team | २०७७ चैत्र १८ गते बुधबार

३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले देशको राजधानी काठमाडौं भित्रने नाकाहरुमा थप कडाई गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुर र लतिलपुरले आफ्नो जिल्लाको सिमा नाका हुँदै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुमाथि थप कडाई गर्न लागेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरु सम्बद्ध बैठकले अब…

काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन उपत्यकाबासीलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर एक्कासी मौसममा आएको परिवर्तनसँगै उपत्यकाको आकाशको वायु प्रदूषणको दर उच्च भएको भन्दै सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको हो । मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर…

महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

Best Khabar Team | २०७७ फाल्गुन २६ गते बुधबार

११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु धर्माबलम्बीहरुको बसोबास रहेको विश्वका विभिन्न स्थानमा धुमधामका साथ मनाईँदै छ । विशेष गरी हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको विशेष पूजा–आराधना गरी मनाउने गरिन्छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिथान, भक्तपुरको डोलेश्वर महादेव, चन्द्रागिरीको…

पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र काठमाडौंमा रहेको भगवान् पशुपति नाथको मन्दिरमा अब भक्तजनहरुले पूर्ववत अवस्थामै दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द भएको मन्दिर पुस १ गतेदेखि आंशिक समय तोकेर भक्तजनका लागि खुल्ला गरिएको थियो। अहिले कोरोना भाइरसको जोखिम कम भएको तथा नजिकिँदो महाशिवरात्री पर्वलाई…

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकलाई आधार मान्दा हालसम्म देशभर कोरोनाका कारण २ लाख ७२ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये हालसम्म २ लाख ७० हजार २ सय ७७ जना…

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। विगत १ महिनायता दैनिक २ सय ५० सयको हाराहारीमा कोरोना संक्रमित भेटिएपनि यो क्रम पछिल्ला केहीदिनयता १ सय ५० को आसपासमा सिमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टायता देशभर कोरोना संक्रमितको संख्या १ सय भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको…

लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने

Best Khabar Team | २०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति पत्रका लागि लिखित परिक्षा दिएको १८ महिनासम्ममा ट्रायल दिन पाउने व्यवस्था शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको चापलाई मध्यनजर गर्दै अबदेखि लिखित परिक्षा दिएको १८ महिनासम्म ‘ट्रायल’ दिन पाउने व्यवस्था गर्न लागेको हो…

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

Best Khabar Team | २०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुल (संस्कृत तथा भानु माध्यमिक विद्यालय) मा ५ वर्षपछि पठनपाठन शुरु भएको छ। भूकम्पले भत्काएको भवन पुर्ननिर्माण पछि आइतबार पठनपाठन शुरुभएको विद्यालयले जनाएको छ । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको विद्यालयको नयाँ भवनमा आइतबारबाट नियमित रुपमा पठनपाठन शुरु गरिएको विद्यालयको…

उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको कोरोना भाइरस विरुद्धको खोपको तयारीका लागि सरकारले काठमाडौं उपत्यकाभित्रका १७ वटा अस्पताललाई छनौट गरेको छ । स्वास्थ्य मन्त्रालयले उपत्यकाको ललितपुर, भक्तपुर तथा काठमाडौंमा रहेका १७ वटा सरकारी तथा निजी अस्पताललाई कोरोना विरुद्धको खोप लगाउनका लागि अनुमति प्रदान गरेको हो । सरकारले तोकेको अस्पतालहरु निम्न प्रकार रहेका…

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

Best Khabar Team | २०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ११ गतेदेखि बन्द गराएको काठमाडौं उपत्यकाका सबै विद्यालयहरुले आजदेखि नियमित रुपमा पठनपाठन शुरु गराउने भएका छन् । शिक्षा मन्त्रालय तथा सरोकारवालाहरुसँगको छलफलपछि विद्यालय सञ्चालकहरुले आजदेखि काठमाडौंका सबै निजी तथा सार्वजनिक विद्यालयहरु खोल्ने तयारी गरेका हुन् । विद्यालयहरुले कोरोना संक्रमणलाई मध्यनजर…

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

Best Khabar Team | २०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म कोरोना संक्रमित भएकाहरुको कुल संख्या २ लाख ६४ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । ती मध्ये हालसम्म २ लाख ५७ हजार ३ सय भन्दा बढीले…

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर कुल ७ सय ४३ जनामा कोरोना संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै ३ सय १८ जना नया संक्रमित थपिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा २ सय ५० जना,…

Top