Archive

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई आक्रमणका क्रममा इरानको विशेष सैन्य दस्ता (कुद्र्स फोर्स) का प्रमुख कासिम सुलेमानी मारिएका छन् । स्थानीय समयअनुसार गएराति इराकको राजधानी बग्दादस्थित हवाई अड्डामा भएको आक्रमणमा सुलेमानी मारिएका हुन् । अमेरिकी सरकारले यो घटनाको पुष्टि गर्दै हवाई आक्रमणका क्रममा सुलेमानी मारिएको स्पष्ट पारेको छ । अमेरिका पछिल्ला…

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको कालापहाडमा बिहीबार भएको सडक दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । घाइते ४ जनालाई दुर्घटनालगत्तै स्थानीय कोल्टी अस्पतालमा उपचाररार्थ भर्ना गरिएको भएपनि उनीहरुलाई थप उपचारको आवश्यकता परेको भन्दै सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । घाइतेहरुको अवस्था अहिले स्थिर रहेको छ । जिल्लाको हिमाली…

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको मौसम प्रतिकुल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी बायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाको आकाश यतिबेला बादलले ढाकेको छ । आज काठामडौंमा दिउँसो ३ बजेपछि पानी पर्ने बताइएको छ । यो क्रम रातीको ८ बजेसम्म जारी रहनेछ । राति पनि पानीको…

मध्यराति पोखरामा भूकम्पको धक्का

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा केहीबेरअघि भूकम्प गएको छ । राति करिब १० बजेको समयमा जिल्लाको घाच्चोकलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । रातिको समयमा भूकम्प गएकाले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का लमजुङ्ग, तनहुँ, पर्वतलगायतका जिल्लामा समेत महशुस गरिएको बताइएको…

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा आफूहरुलाई पृथक र अब्बल विकास बैंकको रुपमा विकास गर्ने उद्घोष कामना सेवा विकास बैंकले गरेको छ । काठमाडौंमा आज बैंकले १३ औं वार्षिक साधारणसभाको अवसरमा गरेको कार्यक्रममा पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्र निक्कै प्रतिपर्धात्मक रहेको भन्दै ग्राहकको मन जित्नेगरी आफ्ना बैंकको सबै शाखाहरुबाट अत्याधुनिक, अब्बल र प्रविधिमैत्री…

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै नेपालस्थित अमेरिकी राजदूतावासले यसलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । २० लाख पर्यटक भित्र्या-उने नेपाल सरकारको यो अभियानलाई सघाउन जनवरी महिनाभर सामाजिक सञ्जालमा अभियान चलाउने दुतावासले जनाएको छ । दुतावासले आज आफ्नो आधिकारिक…

१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक एवं नेपाल प्रहरीका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा दरबन्दी भएको ठाउँमा पुग्न ३ नम्बर प्रहरी प्रदेश कार्यालयले निर्देशन दिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा भएको १३ दिनसम्म पनि मल्लले जिल्ला छाड्न आनाकानी गर्दै चितवनस्थित जिल्ला प्रहरी कार्यालयमै काम गरिरहेपछि…

ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्थलसेनाका प्रमुखसमेत रहेका सेनापति सेन यि मिङ्गको आज बिहान उत्तरी ताईवानमा भएको हवाईजहाज दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा अरु ७ जनाको समेत ज्यान गएको छ । पहाडी क्षेत्रमा आकस्मिक अवतरणका क्रममा सो विमान दुर्घटनामा परेको…

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले मनाउने राष्ट्रिय टोपी दिवस यसपटक विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत मनाएका छन् । राष्ट्रिय तथा मौलिक पहिचान टोपी को संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यसपटक क्यानडामा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका हुन् । गैर आवासीय नेपाली संघ क्यानडाको अगुवाईमा भएको सो कार्यक्रमा नेपाली ढाका…

आहा ! कैलाश पर्वत

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये धेरैले कैलाश पर्वत र मानसरोबरको विषयमा सुन्नुभएको, पढ्नुभएको वा देख्नुभएको होला । कतिपय आफैं कैलाश पुगिसक्नुभएको छ होला । हो हामी त्यहि कैलाश पवर्तको विषयमा जानकारी गराउँदैछौं । जुन ठाउँलाई पृथ्वीको स्वर्गको रुपमा दाँज्ने गरिन्छ । छिमेकी मुलुक चीनको स्वसासित तिब्बतमा पर्दछ कैलाश मानसरोबर । समुद्र…

Top