Archive

चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो

Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकैदिन दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज स्रोतले दिएको जानकारी अनुसार कसरा र अमलटारीमा क्रमशः बच्चा (अन्दाजी ३ महिनाको) गैडा तथा अर्को अन्दाजी २८/३० वर्षको गैंडा मृत अवस्थामा भेटिएको हो । विगतमा गैंडाको खाग तथा खुर तस्करीमा संलग्न गिरोहले गैंडा मार्ने गरेको…

जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने

Best Khabar Team | २०७८ जेठ ११ गते मंगलबार

२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा एकसाताका लागि थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब उपत्यकामा आगामी जेठ २० गते रातीसम्म निषेधाज्ञा थप भएको छ ।…

देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

Best Khabar Team | २०७८ जेठ १० गते सोमबार

२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थप कडाई गरिने भएको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च गतिमा फैलिरहेको भन्दै तत्कालै निषेधाज्ञामा थप कडाई गर्न भनेको छ । गृहमन्त्रालयले केहीदिन अघि अध्यादेश नै जारी गरी कोरोना नियन्त्रणका लागि प्रभावकारी…

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेपछि बैशाख २१ गते मंगलबार बिहानदेखि लागू हुनेगरी बैशाखभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा रहेका सवारी साधनबाहेक…

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि सोमबार मध्यरातबाट लागुहुने गरी देशभर सञ्चालनमा रहेका सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले यो निर्णय लागू गरेको हो । योसँगै मे ४ तारिख अर्थात् मंगलबार बिहानैदेखि देशभर हुने सबै राष्ट्रिय…

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या डरलाग्दो ढंगले बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले अध्ययन तथा अन्य सामान्य प्रकृतिको विदामा बसेका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ । एकैदिन मुलुकमा ७ हजार २ सय भन्दा माथि कोरोना संक्रमित थपिएकै दिन स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विदाबाट तत्काल काममा फर्कन स्वास्थ्यकर्मीहरुलाई…

नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा बढिरहेको छ । यही क्रममा पछिल्लो २४ घण्टायता (शनिबार अपरान्हदेखि आइतबार अपरान्हसम्म) देशभर थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसंख्या नेपालमा कोरोना संक्रमण शुरुभएयताकै उच्च संख्या हो । यसरी थपिएका कोरोना संक्रमितमध्ये २७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्…

तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना भाइरस फैलिएपछि भारतमा रहेका आफ्ना नागरिकलाई तत्काल भारत छाड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक ट्राभल एडभाइजरी जारी गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षाको हिसावले भारतमा कोरोनाको जोखिम उच्च रहेको भन्दै तत्काल भारत छाड्न भनेको हो । साथै अहिलेको अवस्थामा भारतमा यात्रा…

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागी भएर फर्केपछि कोरोना संक्रमण देखिएपछि काठमाडौंमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था गम्भीर बनेको छ । केहीसाता अघि भारतबाट फर्कने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र उनीहरुकी छोरी प्रेरणा शाह तीनैजनालाई कोरोना भारइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि केहीदिन घरमै आइसोलेसनमा बसेपनि संक्रमण…

बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)

Best Khabar Team | २०७८ बैशाख १३ गते सोमबार

२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आदेश अनुसार काठमाडौं ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै रुपमा विज्ञप्ति निकालेर आगामी बैशाख १६ गते बिहीबारदेखि लागूहुने गरी एकसाताका लागि निषेधाज्ञा जारी हुने बताएका छन् । यो…

Top