Archive

नेपालमा कोरोना : ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगापालिकास्थित भुल्केका ८ जनामा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना संक्रमणको आशंकामा विराटनगरमा गरिएको स्वाब परीक्षणमा पोजेजिभ देखिएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो । प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरु सबै अर्थात् आठै…

झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम शुरु भएका कारण आगामी बैशाख १८ गतेसम्म त्रिभुवन विमानस्थल बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दक्षिण अर्थात् कोटेश्वरतर्फ थप करिब २ सय ९० मिटर लामो धावनमार्ग विस्तार गर्ने उद्देश्यले आगामी बैशाख १८ गतेसम्मका लागि विमानस्थलबाट हुने सबै आन्तरिक तथा…

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८ जनामा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । यसअघि १३ जना कोरोना संक्रमित भेटिएको भुल्केको स्थानीय मस्जिद नजिकैको गाउँका ८ जनामा कोरोनाको आशंका गर्दै उनीहरुको केहीदिन अघि उनीहरुको स्वाब विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा ल्याइएकोमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ । -यापिड टेस्टका क्रममा उनीहरुमा…

नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

Best Khabar Team | २०७७ बैशाख ७ गते आइतबार

१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेहरुको संख्या ४ पुगेको छ । आज कैलाली लम्कीका २१ वर्षका युवकले कोरोनालाई जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको ल्याव परीक्षणका क्रममा पछिल्लो ४ पटक नै नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । यसअघि कोरोना संक्रमित तीन…

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण आफ्नो घरगाउँ फर्कन नपाएर विचल्लिमा परेकाहरुलाई सरकारले आज साँझ निशुल्क रुपमा गाउँ फर्काएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा विभिन्न जिल्लामा कामका सिलशिलामा पुगेर काठमाडौंमा आइपुगेका मजदुरहरुलाई बसमा चढाएर गन्तव्यतर्फ पठाइएको हो । प्रधानमन्त्रीको निर्देशन पछि काठमाडौंका काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकालगायतको अगुवाईमा काठमाडौंको थानकोट…

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले विश्वका शर्व शक्तिमान सम्पन्न मुलुकदेखि आर्थिकरुपमा विपन्न राष्ट्रहरुसमेत यतिबेला चपेटामा परिरहेका छन् । विश्वको शक्तिशाली मुलुक अमेरिकामा कोरोनाका कारण यो आलेख तयार गर्दासम्म झण्डै ३८ हजार मानिसको ज्यान गै सकेको छ । अमेरिका जत्तिकै आर्थिक हैसियत भएका र हुने क्रममा रहेका झण्डै एकदर्जन राष्ट्रहरुमा…

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक मस्दिजमा बस्दै आएका थप अर्का एक भारतीय नागरिकमा कोरोनाको संक्रमण भेटिएको छ । त्रिगुगा नपाको भुल्केस्थित नुर मस्जिदमा बस्दै आएका ६५ वर्षका भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ती भारतीय नागरिकको स्वाब परीक्षण गर्दा उनमा कोरोना…

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । केही समयअघि उनले आफूमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि हाल आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् । सामाजिक सञ्जालमा जानकारी राख्दै उनले आफू खतरामूक्त रहेको र नियमित रुपमा स्वास्थ्य लाभको क्रममा रहेको बताएका छन् । उनले…

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली मुलुक फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी एक युवतीले प्रसिद्धि श्रेष्ठ कोरोनालाई जित्दै २७ दिनपछि पूर्णस्वास्थ्य लाभ गरी घर फर्केकी छन् । नेपालकै दोश्रो कोरोना संक्रमित श्रेष्ठमा कोरोनाको संक्रमण पूर्णरुपमा निको भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रसिद्धिले ४ हप्ताको नियमित उपचारपछि स्वास्थ्य लाभ…

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै हवाई उडानमा लगाएको प्रतिबन्ध थप एक महिनाका लागि बढाएको छ । यसअघि सरकारले हवाई उडानमा लगाएको प्रतिबन्धको समय आज सकिनै लाग्दा थप एक महिनाका लागि उडान प्रतिबन्ध यथाबत् राख्ने घोषणा गरेको हो । यो सँगै युरोपेली मुलुक पोर्चुगलमा आगामी मे १७ तारिखसम्म विश्वका कुनैपनि…

Top