Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार
१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा देश हो, जहाँ आजसम्म पनि कोरोनाका कारण मानिसहरुले ज्यान गुमाईरहेका छन् । संसारका अधिकांश देशहरुले हवाई, स्थलमार्ग तथा सिमानाका बन्द गरेर कोरोनासँग लड्नका लागि सिँगो देशलाई लकडाउन गरिरहेका छन् । तर महामारी जारी रहेकै बेला युरोपेली मुलुक डेनमार्कले भने प्राथमिक तहका विद्यार्थीहरुको लागि विद्यालय खुल्ला गरिदिएको…
Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको संक्रमणबाट विश्वमा सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा यो समाचार तयार पार्दासम्म ८५ हजार भन्दा बढी नागरिकले ज्यान गुमाई सकेका छन् । विश्वमा कोरोनाका कारण करिब ३ लाख मानिसको ज्यान गैसक्दा अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको हो । बेस्टखबर डटकमले यो समाचार सामग्री पोस्ट…
Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको पास लिएर त्यसको दुरुपयोग गर्ने क्रम बढेको ठहर गर्दै कोरोनाको जोखिम कम गर्नका लागि लकडाउनमा थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले आगामी जेठ ३ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सबै सवारी साधनको पास रद्द हुने निर्णय गरेसँगै लकडाउन थप कडा…
Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले पछिल्ला दिनमा आफ्नो स्वरुप बदल्दै गएको भन्दै यो सँधै जीवित रहनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । विगतमा महामारीको रुपमा रहेको इबोला, स्पेनिस फ्लु, एड्स, दादुराजस्ता भाइरस अहिलेपनि अस्तित्वमा रहेकोतर्फ संकेत गर्दै डब्लुएचओले कोरोना भाइरस पनि लामो समयसम्म…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०रोम । अन्ततः लामो समयको छलफल पछि युरोपेली मुलुक इटलीले पनि देशको सिमाभित्र रहेर निश्चित मापदण्ड पुरा गरेर बसोबास गरिरहेका अबैध आप्रवासीहरुलाई अस्थायी बासस्थान अनुमति (टेम्पोररी रेसिडेन्सी पर्मिट) जारी गर्ने भएको छ । यो विषयमा इटलीको सरकार र संसदमा लामो समयदेखि छलफल चलिरहेको भएपनि टुंगोमा पुग्न सकेको थिएन । कोरोनाको बज्रपातबाट राम्ररी टाउको…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । कपिलबस्तुमा आज ४ जना र भक्तपुरमा हिजो एकजना गरी कुल पाँचजनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका २७ वर्षका एक पुरुष सशस्त्र प्रहरीमा कार्यरत प्रहरी जवान रहेका छन् ।…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमका कारण हप्तौदेखि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने काम शुरु भएको छ । सरकारको निर्देशनमा स्थानीय निकायले पहलकदमी गरी रुपन्देही, कपिलबस्तु, भैरहवालगायतका स्थानका स्थानीयलाई भारतीय सिमावर्ती क्षेत्रबाट उद्दार गरेर ल्याउन थालिएको हो । आजमात्रै सुनौली नाकाबाट ६ सय भन्दा बढीको उद्दार गरिएको बताइएको छ…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तु, पर्सा, नवलपरासी र रुपन्देहीमा गरी आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणमा पर्नेहरुमा रुपेन्देहीका ९ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै कपिलबस्तुका ८ जना पुरुष रहेका छन्…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण भएर चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचाररत ६३ वर्षकी महिला कोरोना मुक्त भएकी छन् । चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरकी ती बृद्दमा लगातार गरिएको परिक्षणका क्रममा कोरोना संक्रमण नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरिदिएको छ । डिस्चार्ज भएसँगै उनी आजै घर फर्केकी छिन् । यसअघि उनका छोरा…
Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार
कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफै कोरोना संक्रमित हुनुभएको छ । पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफै संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्व रिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ । निकै दुःखी र भावुक…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top