Archive

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको मेक्सिकोमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु स्थार्नी ओक्कासा राज्यमा भएको यहाँका भूगर्भ विभागलाई उद्दृत गर्दै सिएनएनले समाचार उल्लेख गरेको छ । भूकम्पले ओक्साका शहरका आससापका दर्जनौं भवनहरु भत्काएको छ । सो भूकम्पमा परी हालसम्म एकजनाको मात्रै ज्यान गएको समाचार आएको छ । भूकम्प…

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना भाइरसको सबैभन्दा ठूलो इपिसेन्टरको रुपमा रहेको इटलीका एकजना बरिष्ठ चिकित्सकले कोरोना भाइरसको स्वरुप विस्तारै कमजोर बन्दै गएको दाबी गरेका छन् । युरोपेली मुलुक इटालीको सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज विभागका प्रमुख डाक्टर माटेओ बसेटीका अनुसार विगतमा चीनबाट शुरुभएको कोरोना भाइरस इटलीसम्म आइपुग्दा मानिसमा जुन खाले लक्षण…

निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला बन्द भएका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सो समयको समेत शुल्क तिर्न दबाब दिने उद्देश्यले हालै जारी गरेको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनका कारण गएको चैत्रको पहिलो सातादेखि विद्यालयहरु बन्द रहेपनि अनलाईन तथा अन्य शिक्षाको नाममा विभिन्न विद्यालयहरुले विद्याथीसँग यसबीचको शुल्क तिर्नका लागि…

तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको रुपमा परिचित बदिपुर गाउँपालिकास्थित बन्दिपुर क्षेत्र कम्तीमा २ साताको लागि सिल गरिएको छ । स्वास्थ्यकर्मीलगायत केही गाउँलेमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक विज्ञप्ति निकालेर आगामी एक साताका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गर्दै स्थानीयलाई पनि गाउँबाट अयन्त्र नजानका लागि अनुरोध गरेको छ । तनुहँको…

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको कम्तीमा ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले हाल रहेको व्यवस्थालाई परिवर्तन गरी ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी सहमति जुटाएको हो । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले…

असारे झरीले भत्कियो काठमाडौंको सदरखोर

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा रहेको सदरखोर (कारागारको) पुरानो भवनको गाह्रो भत्किएको छ । प्रहरीले दिएको जानकारी अनुसार डिल्लीबजारस्थित कारागारको पुरानो भवन गएराति करिब १० बजेतिर भत्किएको हो । घटनामा सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन । यस्तै सो कारागारामा रहेका कैदीबन्दीहरु पनि सुरक्षित रहेका छन् । भवनको गाह्रो भत्किएर…

कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको एउटा चार्टर विमानमा ४३ जना यात्रु रहेका थिए । उनीहरुलाई लिएर आएको सो विमानले विभिन्न समयमा कतारमा ज्यान जुमाएका २० जनाको शव समेत ल्याएको विमानस्थलस्रोतले जानकारी दिएको छ । विगत ३ महिनादेखिको लकडाउनका कारण कतारका विभिन्न शहरमा रोजगारीका क्रममा पुगेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको…

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको…

भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन सिमावर्ती क्षेत्र लद्दाखमा भएको दुईदेशका सैन्य अधिकारीहरुबीचको भिडन्तपछि उत्पन्न परिस्थितिलाई लिएर रसियाको मध्यथतामा वार्ता हुने भएको छ । चीन र भारतका सैनिकबीच आज भएको उच्चस्तरको छलफलमा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको सो घटनापछि उत्पन्न परिस्थितिलाई लिएर रुसको मध्यस्थतामा वार्ता हुन लागेको हो ।…

काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो २४ घण्टामा देशभर ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाको भक्तपुरमा ३ जना ललितपुरमा २ जना र काठमाडौंमा एकजनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं बाहेक गण्डकी प्रदेश, दुई नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेशलगायतका प्रदेशअन्र्तगतका विभिन्न जिल्लामा…

Top