Archive

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

Best Khabar Team | २०७६ पुष २३ गते बुधबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका…

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ । आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका…

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात समूहले गराएको कार बम विस्फोटमा परी १७ जना सर्वसाधारणको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय नजिकैकै एउटा व्यस्त बजारमा भएको सो आत्मघाती आक्रमणमा सडक छेउछाउका पसलमा किनमेल गरिरहेका १७ जना सर्वसाधारणको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आत्मघाती सो विस्फोटमा आक्रमण गराउनको पनि…

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत वीरगञ्जकी एक महिलाको उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित ती महिलाको पाटन अस्पतालको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो । वीरगञ्जबाट…

काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने क्रममा काठमाडौंको थानकोट नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले फेरि काठमाडौं प्रवेशमा आशिंक रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयले हरेक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश गर्ने यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनमा रोक…

कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको र युरोपको सम्पन्न मध्यको एक देश बेल्जियमले लकडाउनबाट समेत कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निश्चित भागमा कफ्र्यु लगाउने घोषणा गरेको छ । राजधानी ब्रसेल्सपछिको दोश्रो ठूलो पर्यटकीय शहरको रुपमा परिचित एन्तोर्पिन शहरमा आज रातिबाट लागूहुने गरी कफ्र्यु आदेश जारी गरिएको यहाँबाट प्रकाशित हुने ‘दि ब्रसेल्स् टाइम्सले…

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केहीबेर अघि सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा २४ घण्टा यता थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा गरिएको…

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो । गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई…

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण विगत ५ महिनादेखि बन्द रहेका होटलहरु आजदेखि पुनः सञ्चालनमा आएका छन् । होटल खुलेपनि पर्यटक एवं पाहुनाको भने अत्तोपत्तो छैन । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्वभर पर्यटकीय गतिविधिहरु ठप्प प्राय भै रहेका बेला नेपालमा सरकारले गएको…

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा कुकुरको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकामा केही साता अघि मृत्यु भएको एउटा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र भाइरसकै प्रकोपका कारण उसको मृत्यु भएको अनुसन्धानहरुबाट पुष्टि भएको छ । अमेरिकाको जियोमाकी नामक एक पत्रिकारका सम्पादक रहेकी नातासा डाली नामक महिलाले सामाजिक सञ्जालमा राखेको जानकारी…

Top