Archive

आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझदेखि मुलुकको पश्चिमी क्षेत्रको मौसम विग्रनसक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि एकपटक मुलुकको पश्चिमी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली क्षेत्रहरुमा सामान्य हिउँसमेत पर्न सक्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन भनेका छन् । यसअघि ५ दिनअघि पनि पश्चिमी न्यून चापीय प्रणालीका…

क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने तयारी गरेको छ । यसअघि नेपालका लागि राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्तीको लागि भारतले क्वात्राको नाममा लगभग सहमति जनाएको छ । क्वात्रा हाल पेरिसमा छन् । फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत क्वात्रा ३२ वर्षअघि परराष्ट्रसेवामा प्रवेश गरेका थिए…

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे संक्रान्ति पर्वलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा तरुल, पिँडालु र सखरखण्ड भित्रिएको छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार, कालीमाटी तरकारी तथा फलफूल बजारमा गतवर्ष माघे संक्रान्तिका बेला ९ सय ९९ सय मेट्रिकटन कन्दमुल भित्रिएको भएपनि यो वर्षको यही समयमा करिब १ हजार…

प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ । विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश…

सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद भवनको रुपमा रहेको काठमाडौंको सिंहदबारस्थित संसद भवन अब भत्काइने भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्व बोकेको सो संसद भवन भत्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएसँगै अब सो भवन राज्यले सञ्चालन गर्ने गेष्टहाउस ‘स्टेस गेष्टहाउस’मा परिणत हुने भएको हो ।…

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित जितपुरफेदीमा रहेको एनसेल टावर र दक्षिणी क्षेत्रको दक्षिणकालीमा रहेको अर्को टावरमा गएराति आगजनी भएको हो । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुर फेदीमा रहेको सो टावरमा गएराति १ बजेतिर अज्ञात समूहले पेट्रोल खन्याएर आगो लगाएको बताइएको…

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी…

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा परी गजल गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा गायक भट्टराईको ज्यान गएको हो । दरबारमार्गबाट निजी कार चलाएर निवासतर्फ जाने क्रममा उनले चलाएको गाडी सडक छेउमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटना लगत्तै उनलाई थप उपचारको लागि काठमाडौंको वीर…

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा…

पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण पश्चिममा पर्ने पर्यटकीय क्षेत्र कासकाईसमा समुद्रमा डुबेर २ नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एकैघरका सदोहर दाजुभाई कमल वाईबा तामाङ र श्याम वाईबा तामागं छन् । पोर्चुगलको टेलिभिजन सिसले जनाएअनुसार उनीहरु माछा मार्ने उद्देश्यले सो स्थानमा गएको बताइएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न…

Top