Archive

बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेकामध्ये ३ सय ९१ जनाले तत्काल नेपाल जाने इच्छा देखाएका छन् । विभिन्न काम विशेषले बेलायतमा रहेको भएपनि तत्काल नेपाल जानुपर्ने बाध्यता भएकामध्ये प्राथमिकता तय गर्दा ३ सय ९१ जनाले यथासक्य नेपाल फर्कने इच्छा व्यक्त गरेको यहाँस्थित नेपाली दुतावासले…

दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियासँगको सबै सञ्चारसम्पर्क विच्छेद गरेको घोषणा गरेको छ । पछिल्लो समयमा दक्षिण कोरियाले आफूहरुलाई सत्रुको रुपमा व्यवहार गरेको भन्दै उत्तर कोरियाका सर्वोच्च कमान्डर किम जोङ्गको निर्देशनमा यस्तो घोषणा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले सैन्य हटलाईनलगायत सबैखाले सैनिक सम्पर्क तथा अन्य साधारण…

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना पुरुषले ५ जना गाउँलेको सामूहिक हत्या गरेका छन् । रुपन्देही जिल्लाको तिलोत्तमा नपा वडा नम्बर १० मा गएराति स्थानीय एक कृषि फार्ममा काम गर्ने पाँचजना कामदारको सामूहिक हत्या भएको हो । हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १०…

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमणमा परेकाहरु धादिङ्ग, बारा, पर्सा, रौतहट, बाँके, कपिलबस्तु, चितवनलगायतका…

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न भागमा घर भै रोजगारीका लागि भारत गएका उनीहरु गएको जेठ दोश्रो साता भारतबाट फर्केर जिल्ला सदरमुकाम धादिङ्गबेसीको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला अस्पताल धादिङ्गले दिएको जानकारी अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले जिल्ला…

यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका देशहरुको सूची १ सय ९५ रहेको छ । विश्वको भूगोल, जनसंख्यालगायतको बारेमा अद्यावधिक तथ्यांक राख्ने ओल्डोमिटर डटकमले जुन ८ तारिखको दिन बिहान ११ बजेसम्म जारी गरेको तथ्यांक अनुसार विश्वमा कुल १ सय ९५ वटा राष्ट रहेका छन् । ती मध्ये १ सय ९३ राष्ट्रहरु संयुक्त राष्ट्रसघका…

कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । कास्कीको पोखरामा उपचारका क्रममा स्याङ्गजाका एक पुरुषको ज्यान गएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६० वर्षका ती पुरुषको स्थायी घर स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिका रहेको बताइएको…

२४ घण्टामा थपिए २१३ जना संक्रमित

Best Khabar Team | २०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका ३ दर्जन बढी जिल्लामा संक्रमितहरुको संख्या थपिएको हो । मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थप भएका छन् । धनुषामा १ धादिङ्गमा १…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । कोरोनासम्बन्धी सम्पूर्ण जानकारी अध्यावधिक गर्ने ओल्डोमिटर डटकमले उल्लेख गरे अनुसार हालसम्म कोरोनाबाट विश्वभर ४ लाख ५७ जनाको ज्यान गएको छ । यस्तै विश्वभर हालसम्म ६९ लाख १७ हजार ५ सय ९० जना जना संक्रमित बनेका छन् ।…

सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स कम्पनी तथा एयरलाईन्सको मिलेमतोमा यात्रुहरुलाई ४ गुणासम्म बढी भाडा तिर्न बाध्य बनाइएपछि सरकारले तत्काल चार्टर उडानमा रोक लगाएको छ । नेपाल भित्रबाट वा बाहिर नेपालका लागि हुने सबै व्यक्तिगत चार्डर उडानमा रोक लगाउने निर्णय आज साँझ भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना…

Top