फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले हाल चलनचल्तिमा आएको साप्ताहिक कार्ययोजना भन्दा विल्कुलै नयाँ कार्ययोजना सार्वजनिक गरेकी छन् । ३४ वर्षकी प्रधानमन्त्री मरिनले ७ दिनमा ४ दिन काममा खटिन र बाँकी ३ दिन परिवारका सदस्यहरुसँग विताउने प्रस्ताव अघि सारेकी हुन् । यस्तै उनले दैनिक ६ घण्टामात्रै काम गर्ने प्रस्ताव पनि अघि सारेकी छन् ।

मानिसको जीवनमा परिवारको पनि महत्वपूर्ण भूमिका हुने भन्दै कामबाट बचेको समय परिवारका सदस्यहरुसँग बसेर विताउने योजनाका साथ नयाँ कार्यतालिका सार्वजनिक गरेकी हुन् । नयाँ कार्यतालिका अनुसार काम गर्दा काममा लोड नहुने तथा पारिवारिक रुपमा पनि यसले सकारात्मक प्रभाव छाड्ने बताएकी हुन् ।

एसियाली मुलुकहरुमा हाल दैनिक ८ घण्टा काम र १ दिन छुट्टी दिने प्रचलन रहेको भएपनि हाल फिनल्याण्डलगायत युरोपेली मुलुकमा हप्तामा ५ दिन काम, दैनिक ८ घण्टा काम गर्ने चलन छ । उनले यो प्रस्ताव पारित भएमा भोलिका दिनमा काम गर्ने कर्मचारी र कामदारमा कामप्रतिको मोह जाग्ने बताएकी छन् । मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनी केही समयअघि मात्रै फिनल्याण्डको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर) तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर)

२०७९ फाल्गुन २२ गते सोमबार

०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व...

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते ३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित) नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)

२०७७ जेठ २२ गते बिहिबार

ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...

Top