भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार


१३ मे, २०२०
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमका कारण हप्तौदेखि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने काम शुरु भएको छ । सरकारको निर्देशनमा स्थानीय निकायले पहलकदमी गरी रुपन्देही, कपिलबस्तु, भैरहवालगायतका स्थानका स्थानीयलाई भारतीय सिमावर्ती क्षेत्रबाट उद्दार गरेर ल्याउन थालिएको हो । आजमात्रै सुनौली नाकाबाट ६ सय भन्दा बढीको उद्दार गरिएको बताइएको छ ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली मजदुरहरु जारी लकडाउनका कारण हप्तौदेखि सिमातर्वी भारतीय क्षेत्रहरुका अलपत्र परेर बसेका थिए । सिमा नाकामा बनाइएको क्वारेन्टाईनमा हप्तौ विताएपछि सरकाको पहलमा उनीहरुलाई स्वदेश ल्याउने काम शुरु गरिएको कलिपबस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । आजबाट नेपाल ल्याउन शुरु गरिएकाहरुलाई स्थानीय निकायको सहकार्यमा स्थानीय क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको स्वाब परीक्षण गरेर कोरोना संक्रमण पुष्टि नभएमात्रै क्वारेन्टाइनबाट बाहिर जान दिइने अन्थया क्वारेन्टाइनमै बस्नुपर्ने व्यवस्था गरिएको जिप्रका रुपन्देहीको भनाई छ ।

उनीहरुलाई सिमावर्ती सुनौली र नौतुनहवानाकाबाट नेपाली भूमिमा ल्याइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । अहिले नेपाल भारत सिमावर्ती क्षेत्रमा करिब ३ हजार भन्दा बढी नेपाली नागरिकहरु उद्दारको पखाईमा रहेका छन् । आज करिब ६ सय जनालाई रुपन्देहीका दुईवटा नगरपालिकाकाले संयुक्तरुपमा गाडीको व्यवस्था गरेर स्वदेश ल्याएका हुन् । यसरी आउनेहरुमा धेरैजसो तिलोत्तमा र सिद्दार्थनगर नगरपालिकाका नागरिहरु रहेका छन् । यसका अलावा, गुल्मी, पाल्पा, अर्घाखाँची, तनहुँ, धादिङ्गलगायतका जिल्लामा मजदुरहरु पनि अहिले भारतीय सिमावर्ती क्षेत्रमा रहेको भारतीय भूमिको क्वारेन्टाइनमा अलपत्र परेका छन् ।

उनीहरुलाई पनि पक्रिया पु-याएर नेपाल ल्याइने प्रशासनको भनाई छ । तर सबैलाई ल्याएर तत्काल क्वारेन्टाइनमा राख्नका लागि आवश्यक बेड संख्या अपुग हुने तर्फ उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भारतले आफ्नो भूमिमा रहेका नेपालीहरुलाई रेलमा राखेर सिमावर्ती भूमिसम्म ल्याएर छाडिदिने क्रम जारी रहेका कारण सिमावर्ती क्षेत्रमा मजदुरहरुको संख्या ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७...

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

Top