Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमका कारण हप्तौदेखि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने काम शुरु भएको छ । सरकारको निर्देशनमा स्थानीय निकायले पहलकदमी गरी रुपन्देही, कपिलबस्तु, भैरहवालगायतका स्थानका स्थानीयलाई भारतीय सिमावर्ती क्षेत्रबाट उद्दार गरेर ल्याउन थालिएको हो । आजमात्रै सुनौली नाकाबाट ६ सय भन्दा बढीको उद्दार गरिएको बताइएको छ ।
रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली मजदुरहरु जारी लकडाउनका कारण हप्तौदेखि सिमातर्वी भारतीय क्षेत्रहरुका अलपत्र परेर बसेका थिए । सिमा नाकामा बनाइएको क्वारेन्टाईनमा हप्तौ विताएपछि सरकाको पहलमा उनीहरुलाई स्वदेश ल्याउने काम शुरु गरिएको कलिपबस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । आजबाट नेपाल ल्याउन शुरु गरिएकाहरुलाई स्थानीय निकायको सहकार्यमा स्थानीय क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको स्वाब परीक्षण गरेर कोरोना संक्रमण पुष्टि नभएमात्रै क्वारेन्टाइनबाट बाहिर जान दिइने अन्थया क्वारेन्टाइनमै बस्नुपर्ने व्यवस्था गरिएको जिप्रका रुपन्देहीको भनाई छ ।

उनीहरुलाई सिमावर्ती सुनौली र नौतुनहवानाकाबाट नेपाली भूमिमा ल्याइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । अहिले नेपाल भारत सिमावर्ती क्षेत्रमा करिब ३ हजार भन्दा बढी नेपाली नागरिकहरु उद्दारको पखाईमा रहेका छन् । आज करिब ६ सय जनालाई रुपन्देहीका दुईवटा नगरपालिकाकाले संयुक्तरुपमा गाडीको व्यवस्था गरेर स्वदेश ल्याएका हुन् । यसरी आउनेहरुमा धेरैजसो तिलोत्तमा र सिद्दार्थनगर नगरपालिकाका नागरिहरु रहेका छन् । यसका अलावा, गुल्मी, पाल्पा, अर्घाखाँची, तनहुँ, धादिङ्गलगायतका जिल्लामा मजदुरहरु पनि अहिले भारतीय सिमावर्ती क्षेत्रमा रहेको भारतीय भूमिको क्वारेन्टाइनमा अलपत्र परेका छन् ।
उनीहरुलाई पनि पक्रिया पु-याएर नेपाल ल्याइने प्रशासनको भनाई छ । तर सबैलाई ल्याएर तत्काल क्वारेन्टाइनमा राख्नका लागि आवश्यक बेड संख्या अपुग हुने तर्फ उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भारतले आफ्नो भूमिमा रहेका नेपालीहरुलाई रेलमा राखेर सिमावर्ती भूमिसम्म ल्याएर छाडिदिने क्रम जारी रहेका कारण सिमावर्ती क्षेत्रमा मजदुरहरुको संख्या ह्वात्तै बढेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...
Top