Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०
कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका बेला यसबाट बच्नका लागि विभिन्न खाले सावधानीहरु अपनाउनका लागि सबैले सक्दो पहल गरिरहेका छन् । गीत संगीतको क्षेत्रमा क्रियाशील गीतकार, संगीतकार तथा गायक गायिकाले पनि आफ्नो सांगीतिक सिर्जनामार्फत समाजमा आवश्यक जनचेतना फैलाईरहेका छन् ।

यही क्रममा पछिल्लो केही वर्षदेखि विभिन्न सांगीतिक प्रस्तुती मार्फत् चर्चामा रहेका गीतकार एवं गायक पारश थापा क्षेत्रीले नयाँ सांगीतिक प्रस्तुती ल्याएका छन्, जुन समाजमा चेतना फैलाउनका लागि प्रभावकारी हुने अपेक्षा गीत तथा म्युजिक भिडियो प्रस्तुतकर्ता थ्री पिस मिडिया नेटवर्कले जनाएको छ । ‘आयो कोरोना’ बोलको यो गीतको म्युजिक भिडियो पनि हालै सार्वजनिक भएको छ । गीतमा पारश थापा क्षेत्रीको शव्द र संगित रहेको छ ।
विशेषतः कोरोनाको प्रकोप बढ्न नदिनका लागि सरकारले जारी गरेको ४ महिना लामो लकडाउनका बेला अस्तव्यस्त बनेको जन जीवनलाई सहज गराउन तथा गीत संगीतमार्फत् सामाजीक र राजनितिक सन्देश प्रवाह गर्नका लागि यो सांगीतिक प्रस्तुती तयार गरिएको गायक थापाले बेस्टखबर डटकमलाई जानकारी दिए । गीतमा पुरानो पुस्ताकी चर्चित गायिका गीता देवी तथा नयाँ पुस्तामाझ प्रसिद्ध गायिकाको छबि बनाउन सफल मुना मगरको स्वर रहेको छ । यस्तै चर्चित गायीका वसन्ती लामा तथा ख्यातीप्राप्त गायक कमल विसी (माल्दाई) को पनि आवाज रहेको छ ।
यस्तै बाल गायिका प्रिनशा थापा र गीतकार पारस थापा क्षेत्री स्वयंले पनि आवाज दिएका छन् । यो गीतको संयोजन उर्गेन दोगंले गरेका हुन् भने भिडियो निर्देशन देवेन्द्र कुवर र पारस थापा क्षेत्रीले गरेका गरेका हुन् । भिडियो हेर्न तलको लिंक क्लि गर्नुहोला ।
यो पनि पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी
२०८० चैत्र ९ गते शुक्रबार
२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा...
Top