Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आउन छाडेपछि काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायात भोलिदेखि कम्तीमा डेढ महिनाका लागि बन्द हुने भएको छ । विशेषगरी विदेशी पर्यटकहरुकै कारण चलेको यो होटल सरकारले विभिन्न देशबाट आउने विदेशी पर्यटकहरुलाई नेपाल आउन रोक लगाएपछि र विमानहरुको उडान रोकिएपछि बन्द हुने अवस्थामा पुगेको हो ।
होटल व्यवस्थापनका अनुसार भोलिदेखि होटल ६ साताका लागि बन्द हुँदैछ । अहिलेको अवस्थामा कोरोनाको उच्च जोखिमका कारण होटल बन्द गर्नुपरेको होटल व्यवस्थापनले जनाएको छ । तर त्यहाँ कार्यरत कर्मचारीलाई कसरी विदा दिने भन्ने विषयमा छलफल चलिरहेको बताइन्छ । यसअघि कर्मचारी आन्दोलनका कारण गएको जेठ महिनामा होटल बन्द भएको थियो ।
पछि कर्मचारी र होटल प्रशासनबीच सहमति भएपछि होटल असार महिनाबाट सञ्चालनमा आएको थियो । काठमाडौंमा पर्यटकहरु आउनेक्रम सून्य भएपछि काठमाडौंका अधिकांश होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । कतिपयले कर्मचारीलाई केही समय विदा दिएका छन् भने कतिपय होटलहरुले आधा तलव दिएर कर्मचारीलाई विदा गरेका छन् । कोरोना भाइरसको प्रकोपका कारण यसपटक नेपालको पर्यटन क्षेत्र नराम्ररी चपेटामा परेको छ । सरकारले घोषणा गरेको भ्रमणवर्ष २०२० पनि स्थगित भएको छ ।
होटल हायात सम्बन्धी थप समाचार
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको...
लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...
धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...
Top