एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आउन छाडेपछि काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायात भोलिदेखि कम्तीमा डेढ महिनाका लागि बन्द हुने भएको छ । विशेषगरी विदेशी पर्यटकहरुकै कारण चलेको यो होटल सरकारले विभिन्न देशबाट आउने विदेशी पर्यटकहरुलाई नेपाल आउन रोक लगाएपछि र विमानहरुको उडान रोकिएपछि बन्द हुने अवस्थामा पुगेको हो ।

होटल व्यवस्थापनका अनुसार भोलिदेखि होटल ६ साताका लागि बन्द हुँदैछ । अहिलेको अवस्थामा कोरोनाको उच्च जोखिमका कारण होटल बन्द गर्नुपरेको होटल व्यवस्थापनले जनाएको छ । तर त्यहाँ कार्यरत कर्मचारीलाई कसरी विदा दिने भन्ने विषयमा छलफल चलिरहेको बताइन्छ । यसअघि कर्मचारी आन्दोलनका कारण गएको जेठ महिनामा होटल बन्द भएको थियो ।

पछि कर्मचारी र होटल प्रशासनबीच सहमति भएपछि होटल असार महिनाबाट सञ्चालनमा आएको थियो । काठमाडौंमा पर्यटकहरु आउनेक्रम सून्य भएपछि काठमाडौंका अधिकांश होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । कतिपयले कर्मचारीलाई केही समय विदा दिएका छन् भने कतिपय होटलहरुले आधा तलव दिएर कर्मचारीलाई विदा गरेका छन् । कोरोना भाइरसको प्रकोपका कारण यसपटक नेपालको पर्यटन क्षेत्र नराम्ररी चपेटामा परेको छ । सरकारले घोषणा गरेको भ्रमणवर्ष २०२० पनि स्थगित भएको छ ।

होटल हायात सम्बन्धी थप समाचार



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी ! ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

२०७७ जेठ १७ गते शनिबार

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...

‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर ‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

Top